१४ जना एसएसपी र २६ जना एसपीको लागि बढुवा सिफारिस

काठमाडौं । प्रहरी प्रधान कार्यालयले १४ जना एसपीलाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)को लागि बढुुवा सिफारिस गरेको छ।

सिफारिस हुुनेमा प्रहरी उपरीक्षक (एसपी)हरु सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा र मिरा चौधरी रहेका छन् । यस्तै बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, बसन्तबहादुर कुवर र भिम ढकाल पनि एसएसपीको लागि सिफारिस भएका छन् ।

२६ जना एसपीमा सिफारिस

यस्तै प्रधान कार्यालयले २६ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षकको लागि सिफारिस गरेको छ ।

एसपीको लागि सिफारिस हुनेमा रमेश बस्नेत, हिरा पाण्डे, श्यामकृष्ण अधिकारी, नान्तीराज गुरुङ, रविन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाईं, मेखबहादुर खत्री, बिनोद सिलवाल, भिम दाहाल, रमेश थापा, प्रकाश रानाभाट, बिमल कडेल, कमल थापा र जनार्दन जिसी रहेका छन्।

डिएसपी कृष्ण कोइराला, सन्तोष खड्का, दानबहादुुर मल्ल, रन्जु सिग्देल, अनुपम राणा, श्याम महतो, कृष्ण पङ्गेनी, हेम थापा, अजय केसी, नवराज अधिकारी र वीर बुढा पनि एसपीका लागि सिफारिस भएका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दुर्गा प्रसाईंबारे छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति

काठमाडौं । गृह मन्त्रालयले व्यवसायी दुर्गा प्रसाईंको हतियारबारे छानबिन गर्न समिति बनाएको छ । गृह …

प्रतिकृया दिनुहॊस