तराई–मधेस द्रुतमार्ग : विस्तृत परियोजना प्रतिवेदनको मस्यौदा तयार

काठमाडौँ । तराई मधेस द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन डीपीआरको मस्यौदा तयार भएको छ । कोरियाली परामर्शदाता कम्पनी सुसुङले डीपीआरको मस्यौदा तयार गरेर नेपाली सेनालाई बुझाइसकेको छ । हाल विभिन्न ठाउँमा डाँडा तथा ढिस्को काट्ने र खाल्टाखुल्टी सम्याउने काम भइरहेको सेनाले बताएको छ । प्रस्तावित ७६ दशमलव २ किलोमिटर लामो सडकलाई १० भागमा विभाजन गरेर सेनाले काम गरिरहेको छ ।

तराईको सडकमा २७ मिटर र पहाडी क्षेत्रमा २५ मिटर सडकको चौडाइ प्रस्ताव भएको र सोहीअनुसार काम अघि बढिरहेको छ । द्रुतमार्ग निर्माणपछि तराई मधेस आर्थिक रुपमा बलियो हुने अर्थविद्हरु बताउँछन् । तिब्र गतिमा भईरहेको दु्रतमार्ग निर्माणले प्रदेश दुईका पर्यटन व्यवसायीलाई पनि खुशी बनाएको छ । होटल व्यवसायी संघ प्रदेश नम्बर २ का संरक्षक तथा पर्यटन व्यवसायी युवराज लामाले दु्रतमार्गले प्रदेश नम्बर २ विकासमा टेवा पुर्याउने बताउए ।

बारा–काठमाडौं द्रुतमार्गको रणनीतिक व्यावसायिक महत्व त छँदै छ, यसले राजनीतिक र सामाजिक दूरगामी महत्व पनि राख्नेछ । तराई–मधेसका जनतालाई राजधानीसँग निकट बनाउनुका साथै मधेसमा उठिरहेको विभेदको आवाजको धेरै हदसम्म सम्बोधन हुने विश्वास गर्न सकिन्छ । द्रुतमार्ग निर्माणले राष्ट्रिय एकतालाई सुदृढ बनाउनुका साथै सामाजिक एकता र सद्भावलाई जनस्तरमा थप मजबुत बनाउने निजगढ नगरपालिकाका प्रमूख सुरेश कुमार खनाल बताउँछन् ।

निजगढमा दोस्रो अन्तराष्ट्रिय विमानस्थल बन्ने भएपछि द्रुतमार्गको निर्माणले तराई– मधेसमा उद्योगधन्दा र आर्थिक गतिविधि बढ्ने अर्थ विश्लेषक रवि कुमार बर्तौलाको भनाइ छ । यो मार्गको निर्माणपछि निजगढदेखि काठमाडौंसम्मको दूरी ६८ मिनेटमा पार गर्न सकिन्छ । अहिले वीरगञ्जदेखि काठमाडौं जान कम्तीमा ६ घण्टा समय खर्च हुन्छ । नेपाली सेनाले २७ साउन २०७४ मा द्रुतमार्ग निर्माणको जिम्मेवारी पाएको थियो । आयोजना निर्माणस्थलमा नेपाली सेनाका १ हजार २ सय सैनिक खटिएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

काठमाडौं । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्ण …

प्रतिकृया दिनुहॊस