सवारी साधनको ठक्करले एकजनाको मृत्यु

ललितपुर । महालक्ष्मीस्थानमा गएराति नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। राति ११ बजे बाटो हिँडिरहेका वेला सवारीसाधनले ठक्कर दिँदा ललितपुर ढोलाहिटीका अन्दाजी ४० वर्षीय रूपक खरेलको मृत्यु भएको हो।

सवारीसाधनको ठक्करले उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो। ठक्कर दिने सवारी साधनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस