युनिभर्सल पावरको आइपीओ खुल्यो, एकै जनालाई ५० लाख कित्तासम्म लगानी अवसर

काठमाडौं । युनिभर्सल पावर कम्पनीको आइपीओ शुक्रबारदेखि खुला भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १७ लाख ६६ हजार १५० कित्तासमेत गरी कुल ९३ लाख २७ हजार ४१० कित्ता आइपीओ निष्कासन गरेको हो ।
यसमध्ये १ लाख ८६ हजार ५४८ कित्ता सेयर कर्मचारी र ४ लाख ६६ हजार ३७० कित्ता सेयर सामुहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ८६ लाख ७४ हजार ४९२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यो आइपीओमा माघ २९ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा सबै सेयर नबिकेमा भने फागुन २६ गतेसम्म भर्न पाइने व्यवस्था छ । न्यूनतम ५० देखि अधिकतम ५० लाख कित्ताका लागि आवेदन दिन मिल्नेछ । लगानीकर्ताले सी–आस्वाबाट आवेदन दिनुपर्नेछ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।
युनिभर्सलले पुस १५ गतेदेखि माघ १३ गतेसम्म २१ लाख ३५० कित्ता दोलखा जिल्लाका गैरिशंकर, कालिञ्चोक र विगु गाउँपालिकाका स्थानीयलाई बिक्री खुला गरेको थियो । तर यसमा स्थानीयले ३ लाख ३४ हजार २०० कित्ताका लागि मात्र आवेदन दिएका थिए ।
युनिभर्सलले दोलखा जिल्लामा ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यसको अनुमानित लागत २ अर्ब ४ करोड ६० लाख रुपैयाँ छ । यसको विद्युत उत्पादन अनुमतिको बाँकी अवधि २९ वर्ष रहेको छ ।
युनिभर्सलको आइपीओलाई इक्रा नेपालले ‘ग्रेड ४’ रेटिङ दिएको छ । यसको जारी पुँजी २ अर्ब १० करोड ३ लाख ५० हजार रुपैयाँ छ । कम्पनीले आगामी आर्थिक वर्षमा १९ करोड ५३ लाख र आव २०७७।७८ मा २१ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढी प्रभावित आयोजनाले १० महिनासम्म राहत नपाएकाे गुनासाे

काठमाडौं । पूर्वका बाढी प्रभावित जलविद्युत आयोजनाले लामोसमयसम्म राहत नपाएपछि संसदीय समितिमा छलफल भएको छ । बुधवार संघीय संसदको अर्थसमितिमा बाढी प्रभावित आयोजनाका प्रतिनिधि, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान), ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री, राष्ट्र बैंकका गभर्नर, ऊर्जा सचिव र राजस्व सचिवसहित छलफल भएको हो ।

प्रतिकृया दिनुहॊस