सापोर्ट माइक्रोफाइनान्सको नाफा ६८ प्रतिशतले बढ्यो

काठमाडाैँ । ६ करोड रुपैयाँ चुक्तापूँजी रहेको सपोेर्ट माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा ७ लाख १८ हजार रुपैयाँ मुनाफा कमाएको छ । माइक्रोफाइनान्सले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा ६८ दशमलव १४ प्रतिशतले नाफा बढाएको हो । गत आर्थिक बर्षको सोही अवधिमा माइक्रोफाइनान्सकोे मुनाफा ४ लाख २७ हजार रुपैयाँ रहेको थियोे । माइक्रोफाइनान्सले जगेडा कोषमा वृद्धि गर्दै ४१ लाख ४२ हजार रुपैयाँ पुर्याएको छ । जुन गत आर्थिक बर्षको सोहि अवधिको भन्दा १४९ दशमलव ५२ प्रतिशतले बढि हो । गत आर्थिक बर्षको पुष मसान्तमा माइक्रोफाइनान्सको जगेडा कोषमा १६ लाख ७२ हजार रुपैयाँ मात्र रहेको थियो ।

आम्दानी तथा खर्च
माइक्रोफाइनान्सले प्रकाशित गरेको तथ्याङ्क अनुसार ६ महिनामा ब्याज आम्दानी ३ करोड ६७ लाख ४६ हजार रुपैयाँ गरेको छ । त्यस्तै ब्याज भुक्तानी २ करोड ३० लाख २३ हजार रुपैयाँ गरेको छ । यस अनुसार माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी १ करोड ३७ लाख २३ हजार रुपैयाँ हुन जान्छ । गत बर्ष माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी १ करोड ५ लाख ५३ हजार रुपैयाँ रहेको थियो ।

बचत तथा कर्जा 
माइक्रोफाइनान्सले गत पुष मसान्त सम्ममा १० करोड १९ लाख ९२ हजार रुपैयाँ बचत संकलन गरी ४७ करोड ४३ लाख २३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । माइक्रोफाइनान्सले गत वर्षको दोस्रो त्रैमासमा भन्दा बचतमा ११८ दशमलव ८० प्रतिशतले बृद्धि गरेको छ भने उक्त अवधिमा माइक्रोफाइनान्सले कर्जा लगानी ३३ दशमलव ७६ प्रतिशले बृद्धि गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा माइक्रोफाइनान्सले ४ करोड ६६ लाख १३ हजार रुपैयाँ बचत संकलन गरी ३५ करोड ४५ लाख ९६ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।

सूचकहरु
माइक्रोफाइनान्सकोे पूँजी कोष अनुपात १२ दशमलव ३९ प्रतिशत, खराव कर्जा ३ दशमलव ५३ प्रतिशत, कस्ट अफ फण्ड १० दशमलव ७६ प्रतिशत, प्रतिशेयर नेटवर्थ १ सय १० रुपैयाँ ४८ पैसा र प्रतिशेयर आम्दानी १ रुपैयाँ २० पैसा रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालकुमारीमा रोयल इन्फिल्डको ‘ट्रेनिङ सेन्टर’ सञ्चालन

काठमाडौं । रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले ललितपुरको बालकुमारीमा रोयल इन्फिल्डको ट्रेनिङ सेन्टर सञ्चालनमा …

प्रतिकृया दिनुहॊस