सेञ्चुरी बैंकको नाफा ४४ करोड

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ६ महिनामा ४४ करोड नाफा गरेको छ । २०७५ पुस मसान्तसम्मको अपरिस्कृत वित्तिय विवरण अनुसार बैंकले गत आर्थिक बर्षको सोही अवधीको तुलनामा १२ करोड नाफा वृद्धि गरेको हो । २०७४ पुसमा बैंकको नाफा ३२ करोड थियो ।

सेञ्चुरीले ६४ अर्ब निक्षेप संकलन गरेर ५८ अर्ब कर्जा लगानी गर्दा सिसिडी रेसियो ७८.६४ प्रतिशत कायम गरेको छ । सेञ्चुरीले पछिल्लो ३ महिनामा २ अर्ब निक्षेप बढाएर १ अर्ब कर्जा लगानी वृद्धि गरेको छ । असोजमा बैंकको निक्षेप ६२ अर्ब थियो भने कर्जा ५७ अर्ब थियो । पुस मसान्तमा बैंकको निक्षेप ६४ अर्ब र कर्जा लगानी ५८ अर्ब पुगेको हो ।

सेञ्चुरीले १ अर्ब ३३ करोड खुद ब्याज आम्दानी गरेको देखिन्छ । ८ अर्ब ६ करोड चुक्ता पुँजी भएको सेञ्चुरीको जगेडा कोषमा १ अर्ब ६४ करोड रुपैंयाँ रहेको छ । सेञ्चुरीको खराब कर्जा ०.८४ प्रतिशत छ भने कस्ट अफ फण्ड ८.८९ प्रतिशत र आधार ब्याज दर ११.५० प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी १२.८५ रुपैंयाँ रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रुपन्देहीमा माछापुच्छ्रे बैंकको नवनिर्मित भवन शुभारम्भ

काठमाडौँ । माछापुच्छ्रे बैंक लि. ले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं.१२ स्थित नवनिर्मित बैंकको …

प्रतिकृया दिनुहॊस