सरकारले सबै माग पुरा गर्दा पनि शेयर बजारमा किन आएन सुधार ? 

काठमाडौँ। सरकारले सबै माग पुरा गर्दा पनि शेयर बजारमा सुधार देखिएको छैन । सरकारले मुद्रा तथा पूँजी बजारमा देखिएका समस्या समाधानका लागि आवश्यक सुझाब दिन डेपुट गभर्नरको नेतृत्वमा कार्यदल गठन गरेर शेयर बजारसँग सम्बन्धित कार्यदलको सुझाब राष्ट्र बैंकले हुबहु कार्यान्वयनमा समेत ल्याइसकेको छ।

धितोपत्र बोर्डले पनि आफ्नो कार्यक्षेत्रभित्र पर्ने सुझाबहरु कार्यान्वयनमा ल्याइसकेको छ। तर पनि बजारमा सुधार देखिएको छैन। बजार विश्लेषकका रुपमा चिनिएका डा. मनोहरकृष्ण श्रेष्ठका अनुसार सरकार र नियामक निकायहरू शेयर बजारमैत्री नभएको पाइएको छ।

जुन नीतिले बजारलाई निरुत्साहित गर्छ त्यही नीति बारम्बार लागु गर्ने नयाँ नयाँ प्रपञ्च नियामकले गर्ने गरेका छन् उनले भने, पूँजीगत लाभकर, सम्पत्ति शुद्धिकरण र प्यानल नम्बर लगायतका विषयले बेलाबेलामा प्राथमिकता पाउनु यसको उदारण हो।

एक लगानीकर्ता संगठनका उपाध्यक्षले शेयर धितो ऋण मूल्यांकनको ८० प्रतिशत र बैंक तथा बित्तीय संस्थाको प्राथमिक पूँजीको १०० प्रतिशत दिन पाउने ब्यवस्था गर्न नयाँ माग राखेका छन्। जबकी सरकारले लगानीकर्ताको माग अनुसार यसअघि ५० प्रतिशतको शेयर धितो ऋणलाई ६५ र २५ प्रतिशतको प्राथमिक पूँजीलाई ४० प्रतिशत पुर्याइसकेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको भाउले तोड्यो कीर्तिमान, एकैदिन २१ सयले बढेर १ लाख ३० हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बिहिबार प्रतितोला …

प्रतिकृया दिनुहॊस