अमेरिकी सहयोग सामाग्री बोकेका लरीलाई भेनेजुएला प्रवेशमा रोक

भेनेजुएला । अमेरिकाले भेनेजुएलालाई उपलब्ध गराएको मानवीयता सहायता बोकेका लरीहरु कोलम्बियाको सीमासम्म पुगेका छन् ।

अमेरिकाले उपलब्ध गराएको खाद्यान्न र औषधि बोकेका लरीहरु कोलम्बिया सुरक्षाकर्मीले स्कर्टिङ गरेर सीमा क्षेत्रमा पु¥याएका हुन् । भेनेजुएलाका अधिकारीहरुले अमेरिकाले पठाएको मानवीय सहायता अस्वीकार गर्दै ती लरीलाई सीमा क्षेत्रमै रोकिदिएका छन् ।

अमेरिकी सहायता सामाग्री बोकेका लरी प्रवेश गर्न नसकून् भन्ने उद्देश्यले मुख्य मार्गमा सेनाले कन्टेनर राखेर सडक अवरोध गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ठूलो मात्रामा मानवीय सहायता बोकेका लरीहरु अहिले सीमा क्षेत्रमै रोकेर राखिएको छ । भेनेजुृएलाका राष्ट्रपति निकोलस् मादुरोले अमेरिकी सहायता अस्वीकार गर्ने घोषणा गरेपछि ती सामग्री सीमामै रोकिएको हो ।

सीमामा पु¥याइएको मानवीय सहायता कसरी वितरण गर्ने भन्नेमा अन्योल छ । भेनेजुएलाको सेनाले समेत समर्थन गरिरहेका राष्ट्रपति मादुरोले सहयोग अस्वीकार गर्ने घोषणा गरेपछि सामग्री वितरण गर्नेमा अन्योल देखिएको हो ।

अमेरिकाले भने विपक्षी नेता तथा आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका हुँवा गुइडोको आग्रहअनुसार नै सहायता उपलब्ध गराएको जनाएको छ । विपक्षी नेता गुइडोले भेनेजुएलाका कयौं नागरिकको अवस्था दयनीय भएकाले अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरेका थिए ।

आफूलाई अन्तरिम राष्ट्रपतिमा घोषणा गरेका गुइडोलाई अमेरिकासहित ४० भन्दा बढी देशको समर्थन छ । (एजेन्सी)

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी गर्नेसम्बन्धी समझदारी

काठमाडौं । फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी प्रदान गर्नेसम्बन्धमा समझदारी भएको छ । …

प्रतिकृया दिनुहॊस