देशका सबै प्रदेशमा नेपाल बैकका प्रादेशिक कार्यालयहरु स्थापना

काठमाडौं । नेपाल बैक लिमिटेडले संगठनात्मक संरचनालाई संघीय ढांचामा रुपान्तर गर्ने क्रममा सबै प्रदेशहरुमा प्रादेशिक कार्यालय स्थापना गरेको छ ।

यस क्रममा बैकले प्रदेश नं १ को विराटनगर, प्रदेश नम्बर २ को वीरगंज, प्रदेश नम्बर ३ को काठमाडौं, प्रदेश नम्बर ४ को पोखरा र प्रदेश नम्बर  ५ को वुटवलमा प्रादेशिक कार्यालय स्थापना गरि संचालनमा ल्याएको छ ।

यसैगरि प्रदेश नम्बर ६ र प्रदेश नम्बर ७ मा प्रादेशिक कार्यालय स्थापनाको तयारी अन्तिम चरणमा पुगेको र हाललाई प्रदेश नं ६ को सम्पर्क कार्यालय नेपाल बैक लिमिटेडको वीरेन्द्रनगर शाखा र प्रदेश नम्बर ७ को सम्पर्क कार्यालय नेपाल बैक लिमिटेडको शाखा कार्यालय धनगढी मार्फत प्रादेशिक व्यवस्थापनको व्यवस्था मिलाईएको छ ।

वि.सं. १९९४ सालमा स्थापित नेपालको अगुवा बैक नेपाल बैंकले देशका ६० जिल्लामा १५७ शाखा ११ वटा एक्सटेन्सन काउन्टर मार्फत १५ लाख बढी ग्राहकलाई प्रत्यक्ष बैकिङ्ग सेवा उपलव्ध गराउँदै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनआईसी एशिया बैंकले मनायो ‘ग्लोबल मनी विक’, ६ हजारबढी विद्यार्थी लाभान्वित

काठमाडाैं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ देशभरका हजारौं विद्यार्थीहरूमाझ सप्ताहव्यापी …

प्रतिकृया दिनुहॊस