ग्रीन डेभलपमेन्ट बैंकको नाफा बढ्यो

काठमाडौं  । ग्रीन डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमास सम्ममा ८६ लाख ८ हजार रुपैयाँ  नाफा कमाएको छ । बैंकले गत आर्थिक बर्षको सोही अवधिको भन्दा ४९०.४० प्रतिशतले नाफा बढाएको हो । गत बर्षको सोही अवधिमा बैंकले १४ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको थियो ।  बैंकले पुष मसान्त सम्ममा ५८ करोड ५ लाख रुपैयाँ निक्षेप संकलन गरी ७८ करोड ९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको निक्षेपमा गत आर्थिको बर्षको सोही अवधिको भन्दा २ दशमलव ३२ प्रतिशतले घटेको छ भने कर्जामा ७४.३९ प्रतिशतले बढेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ५९ करोड ४२ लाख निक्षेप संकलन गरेको थियो ।

बैंकले  पुस मसान्तसम्म  ५ करोड ३५ लाख ब्याज आम्दानी गरि २ करोड ६४ लाख ब्याज खर्च गर्दा २ करोड ७० लाख खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा १८०.८० प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा बैंकले ९६ लाख २९ हजार खुद ब्याज आम्दानी आर्जन गरेको थियो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, …

प्रतिकृया दिनुहॊस