अप्पर सोलु हाइड्रो इलेक्ट्रिकले साधारण सेयर निष्कासन गर्ने

काठमाडौं। अप्पर सोलु हाइड्रो ईलेक्ट्रिक कम्पनीले सर्वसाधारणका लागि ३३ लाख ७ हजार ५ सय कित्ता सेयर निश्कासन गर्ने भएको छ ।

निष्कासन हुने सेयरमा १३ करोड ५० लाख मूल्यको १३ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको  छ भने सर्वसाधारणका लागि १९ लाख ५७ हजार ५ सय कित्ता सेयर छुट्याइएको छ ।

कम्पनीले  सेयर निष्कासन तथा बाँडफाँड गर्न एनएमबी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेकाे छ । कम्पनी र एनएमबी क्यापिटलबीच बुधबार सम्झौता भएको हो ।

सम्झौतामा राजभण्डारी र एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरे । एनएमबी क्यापिटलले चाँडै सेयर निष्कासनको स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिने प्रक्रिया अघि बढाउने कम्पनीले जनाएकाे छ ।

 

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

काठमाडौंका मुख्य स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ । नेपाल …

प्रतिकृया दिनुहॊस