जनताबैंकको नाफा २५ करोडले बढेर ५३ करोड पुग्यो

काठमाडाैँ । ८ अर्ब ७ लाख ८६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको जनता बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा ५३ करोड ४ लाख १७ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा २५ कारोड ८६ लाख ७८ हजार रुपैयाँले नाफा बढाएको हो । गत आथिक बर्षको सोही अवधिमा बैंकको मुनाफा २७ करोड १७ लाख ३९ हजार रुपैयाँ  रहेको थियोे ।

आम्दानी तथा खर्च
बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार ६ महिनामा ब्याज आम्दानी ४ अर्ब ५ करोड ५१ लाख १६ हजार रुपैयाँ गरेको छ । त्यस्तै ब्याज भुक्तानी २ अर्ब ४७ करोड २९ लाख ३७ हजार रुपैयाँ गरेको छ । यस अनुसार बैंकको खुद ब्याज आम्दानी १ अर्ब ५८ करोड २१ लाख ७८ हजार रुपैयाँ हुन जान्छ ।

निक्षेप तथा कर्जा 
बैंकले पुष मसान्त सम्ममा ६८ अर्ब ४३ करोड ८४ लाख २३ हजार रुपैयाँ निक्षेप संकलन गरी ६३ अर्ब ६५ करोड १० लाख ३२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले गत वर्षको दोस्रो त्रैमासमा भन्दा निक्षेप केही बढाएको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ५२ अर्ब ८० करोड  १३ लाख ७४ हजार रुपैयाँ निक्षेप संकलन गरी ४८ अर्ब २६ करोड ६५ लाख ५९ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।

सूचकहरु
बैंकको पूँजी कोष अनुपात १३ दशमलव ६८ प्रतिशत, खराव कर्जा १ दशमलव ५३ प्रतिशत, कस्ट अफ फण्ड ७ दशमलव ८० प्रतिशत, प्रतिशेयर नेटवर्थ १ सय ३७ रुपैयाँ ९८ पैसा र प्रतिशेयर आम्दानी १५ रुपैयाँ ८७ पैसा रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनएमबी बैंकको एघारौँ ‘हेरिटेज वाक’, सोसाइटीलाई ५ लाख सहयोग

काठमाडौँ । एनएमबी बैंकले एघारौँ ‘हेरिटेज वाक’ कार्यक्रम सम्पन्न गरेको छ। बुधवार बैंकको बल्खु शाखाबाट …

प्रतिकृया दिनुहॊस