ग्यास्ट्रिकबाट बच्ने सात उपाय

काठमाडाैँ ।  तल दिएका सात उपाय अपनाउँदा ग्यास्ट्रिकबाट बच्न सकिन्छ ।

  • लगातार पानी पिउनुपर्दछ, जसले पेटमा ग्यास भरिन नदिनुका साथै शरीर सन्तुलनमा राख्न सहयोग गर्दछ । तर, कोल्डड्रिंक्स पिउनुहुँदैन, जसले झन् ग्यास बढाउँछ ।

  • ग्यास्ट्रिक भएकाले समय–समयमा खानेकुरा खाइरहनुपर्छ । लामो समयसम्म नखाँदा पेटमा हावा भरिएर समस्या हुन्छ ।

  • धूम्रपान, मद्यपान गर्नुहुँदैन । साथै, जंंकफुड सकभर खानुहुन्न ।

  • बढी पिरो, अमिलो, बट्टाको अचार, मसलेदार खाना खानबाट सजग हुनुपर्छ ।

  • बिहान उठ्नेबित्तिकै दुई–तीनवटा लसुनका पोटी खानुपर्छ । जसले ग्यास्ट्रिकलाई फाइदा गर्नुका साथै उच्च रक्तचापको जोखिमसमेत कम गर्दछ ।

  • पेटमा धेरै ग्यास भएका वेला कागती–पानी पिउनु उपयुक्त हुन्छ । जसले ग्यास हटाउनुका साथै पेट फुल्नसमेत दिँदैन ।

  • ग्यास्ट्रिकले बढी नै सतायो भन्दै दुखाइ कम गर्ने औषधि खाने गरिन्छ । जथाभावी औषधि सेवन गर्दा साइड इफेक्ट हुने सम्भावना हुन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहॊस