४ जना मन्त्री सत्ता र प्रतिपक्ष सांसदको कठघरामा ?

काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकमा चारजना विभागीय मन्त्रीले सांसदका प्रश्नको जवाफ दिने कार्यसूची तय गरिएको छ । आज दिउँसो बस्ने बैठकमा चारजना विभागीय मन्त्रीलाई सांसदहरुले आठ प्रश्न सोध्नेछन् ।

संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको प्रश्नोत्तर शीर्षकमा आज गृह मन्त्री, कृषि तथा पशुपंक्षी विकास मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, वन तथा वातावरण मन्त्री र अर्थ मन्त्रीसँग प्रश्न सोधिनेछ । बैठकमा प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या प्रकरण बारे गृहमन्त्री रामबहादुर थापासंग प्रश्न गर्नेछिन् ।

कांग्रेसका अर्का सांसद देबेन्द्रराज कडेँलले बालक अपहरणको आरोपमा भक्तपुरमा प्रहरीको ‘फेक इन्काउन्टर’ बारे गृहमन्त्री थापालाई नै प्रश्न सोध्नेछन् । यस्तै,सांसद सरिता न्यौपानेले हिंसा पीडित महिलाहरुका लागि सातवटै प्रदेशमा बनाउने भनिएको आवस गृहका विषयमा प्रश्न सोध्नेछिन् भने सांसदहरु रामबहादुर विष्ट, धनश्याम खतिवडा, दिलेन्द्र बडुले पनि समसामयिक जनजिवीकाका सवाल बारे सम्बन्धित मन्त्रीलाई प्रश्न गर्ने कार्यक्रम रहेको छ ।

सांसदले सोधेको प्रश्नको जवाफ सम्बन्धित विभागीय मन्त्रीले दिनेछन् । विभागीय मन्त्रीहरूले आठवटा प्रश्नमा जवाफ दिने कार्यसूची रहेपनि सभामुखले अनुमति दिएको अवस्थामा विषय सम्बन्धित अन्य प्रतिप्रश्न पनि सोध्न सक्ने व्यवस्था प्रतिनिधिसभा नियमावलीमा व्यवस्था गरिएको छ । गृहमन्त्रीसँग जवाफका लागि चार, अर्थमन्त्रीका लागि दुई र वन तथा वातावरण तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका लागि एक–एक वटा प्रश्न दर्ता भएका छन् ।

संसद सचिवालय प्रश्न शाखाका अनुसार सांसद घनश्याम खतिवडाले मोरङ लेटाङको पानी ट्याङ्कीको विद्यालयमा विषादी मिसाउनेमाथिको कारबाही प्रक्रिया कहाँ पुग्यो भनी प्रश्न राख्नेछन् भने सांसद् रामबहादुर विष्टले अछाम मंगलसेनका नमराज विष्टका हत्यारा कहिले पत्ता लाग्छन् भनी प्रश्न दर्ता गरेका छन् ।

यस्तै, अर्थमन्त्रीका लागि काँग्रेस सांसद् दिलेन्द्रप्रसाद बडुले दार्चुलाका सबै स्थानीय तहमा बैंकका शाखा कहिले पुग्छन् भनी प्रश्न गर्नेछन् भने कांग्रेसकै सांसद डिला संग्रौलाले बहुराष्ट्रिय कम्पनीले आफ्ना उत्पादन बढी बेचेमा प्रतिनिधिलाई विदेश लैजाने हुँदा मुद्रा सञ्चितीमा नै असर परेको भन्दै रोक्ने कस्ता प्रयास भइरहेका छन् भन्दै अर्थमन्त्रीलाई प्रश्न सोध्नेछिन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद् खगराज अधिकारीले पोखरामा प्राणी उद्यान कहिले बन्छ भनी वन तथा वातावरण मन्त्रीका लागि प्रश्न गर्नेछन् । प्रतिनिधिसभामा हालसम्म लिखित जवाफको माग गर्दै २८ प्रश्न दर्ता भएका छन् । कूल २८ मध्ये १६ वटा प्रश्न नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले दर्ता गरेका छन् । यस्तै, मौखिक जवाफका लागि ८८ प्रश्न दर्ता भएकोमा ४३ वटामा जवाफ प्राप्त भइसकेको प्रश्न शाखाले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन

काठमाडौं । साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन भएको छ । पंगेनीको मणिपाल शिक्षण अस्पतालमा …

प्रतिकृया दिनुहॊस