नेपाल बंगलादेश बैंकको नाफा ४१.८६ प्रतिशतले वृद्धि

काठमाडौं । नेपाल बंगलादेश बैंकको नाफा ४१.८६ प्रतिशतले वृद्धि भएको छ । २०७४ पुसमा ४३ करोड नाफा गरेको बैंकले २०७५ पुसमा १८ करोड अर्थात ४१.८६ प्रतिशतले वृद्धि गरेर आफ्नो नाफा ६१ करोड पुर्याएको हो । बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना सिइओ रहेको बैंकले सो मात्रामा नाफा वृद्धि गरेको हो ।

बैंकको निक्षेप पछिल्लो ३ महिनामा ५ अर्ब निक्षेप वृद्धि गरेको छ । असोज मसान्तमा ४७ अर्ब निक्षेप रहेको बैंकले पुस मसान्तमा ५२ अर्ब पुर्याएको हो । बैंकले सोही अवधीमा कर्जा लगानी ४८ अर्बबाट बढाएर ५१ अर्ब पुर्याएको छ । बैंकको सिडी रेसियो भने ७७.२९ प्रतिशत पुगेको छ । बैंकको खुद ब्याज आम्दानी १ अर्ब ३९ करोड पुगेको छ ।

नेपाल बंगलादेश बैंकको आधार ब्याजदर १०.८२ प्रतिशत छ भने कष्ट अफ फण्ड ७.५८ प्रतिशत रहेको छ । १.७८ प्रतिशत खराब कर्जा रहेको बैंकको प्रति सेयर आम्दानी १९.६२ रुपैंयाँ रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस