गोलो अनुहारलाई बब कट

काठमाडाैँ । सुन्दरताको परिभाषा व्यक्ति अथवा हेराइअनुसार फरक–फरक हुन्छ । सुन्दर अनुहारले जोकोही आकर्षित हुन्छन् । मान्छेको व्यवहारको प्रभाव अनुहारको सुन्दरताभन्दा पछि नै पर्छ । त्यसैले ‘सुन्दरता मेरो पहिलो रोजाइमा पर्दैन अथवा होइन’ भने पनि जोकोही सुन्दर व्यक्तिप्रति आकर्षित हुन्छन् नै । सुन्दर देखिनु भनेको व्यक्तित्व आकर्षक हुनु पनि हो ।

सुन्दर देखिनका लागि कपालको पनि महत्वपूर्ण  भूमिका हुन्छ, विशेषगरी महिलाको सवालमा । कतिपय महिला सुन्दर हुँदाहुँदै पनि के नमिलेकोजस्ता देखिन सक्छन् । त्यस्तो अवस्थामा अनुहारको सेपअनुसार कपालको कटिङलाई ध्यान दिइयो भने भिन्दै देखिन्छ । कपाल कटाइले मान्छेको व्यक्तित्वमा पनि धेरै फरक पार्छ । त्यसैले कपाल काट्दा अनुहारको बनोटलाई ध्यान दिन जरुरी छ । मुहारको सुन्दरतालाई ‘हेयर स्टाइल’ले पनि फरक पार्छ ।

राम्रो देखिनका लागि ‘लेटेस्ट हेयर स्टाइल’ मात्र बनाएर हुँदैन । व्यक्तिको अनुहारको सेपअनुसारको कटाइ वा स्टाइलले राम्रो देखाउन सकिन्छ । फरक अनुहारको बनोटमा फरक स्टाइलमा कपाल काट्नुपर्छ । त्यसका लागि दक्ष ब्युटिसियनकहाँ जान जरुरी छ । जसले तपाईंको अनुहारको बनोटअनुसारको हेयर स्टाइल दिएर व्यक्तित्वमा समेत फरक पार्न सहयोग गर्न सक्छन् । जस्तोः राउन्ड अर्थात् गोलो अनुहारको सेप भएकाहरूको लागि सुहाउने हेयर स्टाइलबारे यहाँ चर्चा गरौँ । गोलो अनुहारका लागि यी तीन किसिमका हेयर स्टाइल राम्रो मानिन्छ ।

सर्ट हेयर कट
यो स्टाइलले तपाईंको फेसको राउन्डनेसलाई कम गराउँछ वा देखाउँछ । आँखालाई हाइलाइट गर्छ । गोलो अनुहार सेप भएको व्यक्तिले ‘सर्ट हेयर कट’ बनाउँदा राम्रो देखिनुका साथै सुहाउँछ पनि ।

 मिडियम कट हेयर स्टाइल
गोलो अनुहार भएकाहरूले गर्धनभन्दा केही मुनिसम्म आउने गरी ‘बब कट’ काट्नुपर्छ । अझ त्यसमा केही कपाल गर्धनसम्म आउने गरी काट्दा राम्रो हुन्छ । यो स्टाइलले फेसलाई स्लिम देखाउँछ ।

लङ हेयर स्टाइल
लामो तथा कुनै लेयर नभएको हेयर स्टाइल राख्दा अनुहारमा कपाल आउँदैन र अनुहारलाई लामो देखाउन मद्दत गर्छ । यो स्टाइलले तपाईंको सुन्दरतामा अवश्य फरक पार्छ । यी हेयर कटका साथ थप सुन्दर अथवा स्मार्ट देखिन कपालमा कलर पनि प्रयोग गर्न सक्नुहुन्छ । कलर लगाउँदा वर्णको ख्याल गर्नुपर्ने हुन्छ । वर्णसँगै तपाईंको कार्यक्षेत्रलाई ध्यानमा राखेर कपाल रंग्याउँदा उत्तम हुन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मिस लिटील नेवा: कात्तिक ६ गते हुने

नेवार समुदायका किशोरीहरुलाई आफ्नो धर्म, कला, संस्कृति र संस्कारबारे ज्ञान दिने उदेश्यले नेप्लीज फेसन होमले …

प्रतिकृया दिनुहॊस