/fli6«o uf}/jsf] d]nDrL vfg]kfgL cfof]hgfcGtu{t cfh hf]l8Psf] ;'Gb/Lhntkm{sf] ;'?ª dfu{ -6g]n_ / l;Gw'kfNrf]stkm{sf] ;'?ª dfu{ . tl:a/ M /Tg >]i7, /f;; .

मेलम्चीको बाँकी काम नेपाली सेनालाई दिने सरकारको तयारी

काठमाडौं । सीएमसी कम्पनीले फसादमा पारेपछि अहिले मेलम्ची खानेपानी आयोजना घर न घाटको अवस्थामा आइपुगेको छ । त्यसैबीच अहिले आएर योजनाको जिम्मा नेपाली सेनालाई दिनेतिर सरोकारवालाहरुको ध्यान गइरहेको जनाइएको छ ।

भित्री एवं कम्पनीसँगको मुख्य आर्थिक विवादका कारण सुल्झन नसकेको आयोजनाको काम अगाडि बढ्न नसकेर आलोचित बनेपछि सरोकारवालाहरुलाई बसिनसक्नुको स्थिती छ । अर्काे ठेकेदार खोजेर काम समयमै गर्न नसकिने एवं सम्झौता गर्नसमेत आफैमा विश्वस्त हुन नसकेपछि सेनाको जिम्मामा लगाउन सक्ने कुरा बाहिर आएको छ ।

कानुनी मापदण्ड अनुसार केही समय लागेपनि अहिले सिएमसीले ठेक्का तोड्ने घोषणा गरिसकेको छ । अब बाँकी काम कसरी गराउने भनेर छलफल थालेको सरकारले सेनालााई पनि विकल्पमा राखेको हो। यो कुरामा आयोजनासम्बद्ध नेपाली अधिकारीहरु पनि सकारात्मक देखिएकाे जनाइएको छ ।

यो विकल्पलाई याद गर्न सकेपनि एशियाली विकास बैंक (एडीबी ) र दातृ निकायलाई मनाएर सेनाबाट काम थाल्ने वातावरण यती छिट्टै बन्ने जस्तो देखिदैन । दातृ निकायहरुले सुरक्षा निकायमार्फत आयोजनाको काम गराउँदैनन् ।

एडीबी सार्वजनिक खरिद ऐनअनुसार नै नयाँ ठेक्का लगाएर काम अगाडि बढाउने पक्षमा छ । जसका कारण यो विकल्पलाई सरकारले ठोस निर्णय बनाएर अघि बढ्न केही ठोस कदमहरु चाल्नु पर्नेहुन्छ, त्यस कारण सरकार अहिलेसम्म यस निर्णयमा प्रीथान गरेको छैन् । काममा फर्किन तोकिएको समय माघ १९ गतेसम्म पनि सीएमसी फर्किएन भने सरकारले नयाँ प्रस्ताव अघि बढाउनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाली सेनामा खुल्यो २६१५ जनाका लागि रोजगारी (सूचना)

काठमाडौं । नेपाली सेनाले विभिन्न सैन्य तथा ट्रेडका लागि दरखास्त आह्वान गरेको छ । विभिन्न …

प्रतिकृया दिनुहॊस