जेब्राक्रसमा पैदलयात्रुलाई माइक्रोको हान्याे, एकको मृत्यु, ४ घाइते

काठमाडौं । काठमाडौंको सामाखुशी चोक नजिक जेब्राक्रसमा बाटो काटिरहेकालाइ माइक्रो बसले ठक्कर दिँयाे । यसबाट एकजनाको मृत्यु भएको छ भने ४ जना घाइते छन् ।

घटनामा मृत्यु हुनेमा धुम्बाराहीकी ६० वर्षीया सीता दाहाल छिन् । घटनालगत्तै गम्भीर घाइते भएकी उनलाई नजिकैको अल नेपाल अस्पताल पुर्याइएकाे थियाे ।

घटनामा १९ वर्षीय सपना राई,  ५३ वर्षीय सुशील अधिकारी, ५० वर्षीया सरिता अधिकारी र धुम्बाराहीका ३५ वर्षीया लक्ष्मी सापकोटा घाइते भएका छन् ।

प्रहरीले दिएकाे जानकारी अनुसार घाइते मध्ये लक्ष्मीको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । अन्य घार्इतेहरुकाे अल नेपाल अस्पतालमै उपचार भइरहेको छ । अहिले माइक्रो र चालक प्रहरीको नियन्त्रणमा छन् ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस