एन आई सी एशिया बैंकको १० प्रतिशत बोनस पारित

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १०% का दरले ८० करोड ३१ लाख ११ हजार ७ सय बोनस शेयर वितरण गर्ने भएको छ । बैंकको २१ औं वार्षिक साधारण सभो उक्त बोनस शेयर प्रदान गर्ने निर्णय गरेको हो ।

साथै साधारण सभाले बैंकको सहायक कम्पनी एन आई सी एशिया लघुवित्त वित्तीय संस्था र एन आई सी एशिया क्यापिटल सहितको आ.व. २०७४/७५ को एकिकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ । त्यसैगरी, सभाले चालु आ.व. २०७५/७६ को लागि टिआर उपाध्याय एण्ड कम्पनीलाई बाह्य लेखापरिक्षकमा नियुक्त पनि गरेको छ ।

बैंकको वासलातको आकार २११ अर्ब रुपैयाँभन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १६९ अर्ब रुपैयाँ पुगेको छ ।

हालसम्म यस बैंकले २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कीर्तिमान बनाएको सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (मंगलबार) घटेको छ । सोमबार …

प्रतिकृया दिनुहॊस