ईजी, इफिसियन्ट र इकोनोमी : प्रभु हेलिकोप्टर

बिनोद थकाली, एकाउन्टेबल म्यानेजर, प्रभु हेलिकोप्टर प्राइभेट लिमिटेड

आम नेपालीहरुमाझ प्रभु ग्रुप कुनै अपरिचित समूह होइन । ‘जहाँ जहाँ नेपाली, त्यहाँ त्यहाँ प्रभु‘ भन्ने मूल नाराका साथ प्रभु ग्रुप आफ्नो विभिन्न कम्पनी मार्फत् निरन्तररुपमा विगत लामो समयदेखि कार्यरत छ । प्रभु ग्रुप अन्तर्रगत प्रभु बैंक, प्रभु बीमा कम्पनी, प्रभु टि.भी., प्रभु हेलिकोप्टर मार्फत् विभिन्न सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।

  • यी मध्ये प्रभु गु्रप अन्तर्गत सञ्चालित प्रभु हेलिकोप्टरले प्रदान गर्ने सेवा, यसका विशेषता र हवाई सेवाका चुनौतीहरुबारे प्रभु हेलिकोप्टर प्राइभेट लिमिटेडका एकाउन्टेबल म्यानेजर बिनोद थकालीसँग न्युज दैनिक डट कमका सम्पादक कल्पना शर्माले गरेको कुराकानीको सम्पादित अंशः

प्रभु हेलिकोप्टरले कुन कुन क्षेत्रमा कसरी सेवा प्रदान गरिरहेको छ  ?
प्रभु हेलिकोप्टर पूर्णरुपमा इकोनोमी हेलिकोप्टर भएकोले विशेषगरी दुर्गम क्षेत्रमा मेडिकल इर्मजन्सीको रुपमा प्रयोग भइरहेको छ । यसले काठमाडाैं र पोखराबाट विभिन्न स्थानहरु जस्तै लुक्ला, लाङटाङ, पश्चिममा अन्नपुर्ण बेस क्याम्प, म्याग्दीको पुनहील, धम्पुस, जोमसोम, मुक्तिनाथ, माछापु्च्छ्रे् र बेस क्याम्प, हलेसी महादेव आदि स्थानहरुमा सेवा प्रदान गरिरहेको छ । यसैगरी पश्चिममा सुर्खेत, नेपालगञ्ज, बुटबल र भैरहवामा उडान भर्दै आइरहेको छ । दैनिकरुपमा माउन्टेन फ्लाइट, साइट सिन मार्फत हवाई आनन्द लिने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई पनि यसले समेटिरहेको छ ।
यात्रुको रोजाईमा प्रभु हेलिकोप्टर नै किन ?
प्रभु हेलिकोप्टरलाई ईजी, इफिसियन्ट र इकोनोमी भन्ने नाराको साथ इकोनोमी हेलिकोप्टर भनेर प्रोमोट गर्दै आइरहेका छौं । मध्यम वर्गीयहरुले पनि सजिलै अफोर्ड गर्न सक्ने विशेषगरी दुर्गम क्षेत्रमा मेडिकल इर्मजन्सीको रुपमा प्रयोग भैरहेको छ । अन्य ठुला हवाई एयरलाइन्सको तुलनामा यो सानो, सस्तो र एकल परिवारको प्रयोजनको लागि झनै उपयोगी साबित भएको छ । अन्यको तुलनामा ईजी, इफिसियन्ट, इकोनोमी भएकाले यात्रुको रोजाईमा पर्न सफल भएको हो ।

प्रभु हेलिकोप्टरको सेवा कसरी लिन सकिन्छ ?
चार सीट क्षमता भएको प्रभु हेलिकोप्टरले २४ सैं घण्टा सोधपुछ सेवा प्रदान गर्दै आइरहेको छ । हटलाइन मार्फत् विभिन्न सोसल मिडिया, फेसबुक, बेवसाइटमा प्रोमोसन सामग्री संलग्न गर्नुका साथै विभिन्न एजेन्ट र ग्रामीण क्षेत्रमा गाँउपालिका, पुलिस, आर्मीको माध्यमबाट हाम्रो सम्पर्कमा आइरहेका छन् भने औसतमा दैनिक ४/५ वटा उडान भरिरहेका छौं ।


प्रभु हेलिकोप्टरका विशेषताहरु के के छन् ?
प्रभु हेलिकोप्टर रोबिसन हेलिकोप्टर कम्पनी, क्यालिफोर्नियाबाट सञ्चालित अमेरिकन हेलिकोप्टर हो । सुरक्षित उडाननै हाम्रो विशेष महत्व भएको र यसले नेपालको लागि एकमात्र अनुमतिपत्र डिलर र सर्भिस सेन्टर पाएको छ । इकोनोमी हेलिकोप्टर भएकोले विशेषगरी दुर्गम र पहाडी इलाकाको लागि यो उपयोगी साबित भएको छ ।

प्रभु हेलिकोप्टरले के कस्ता चुनौतीहरु सामना गर्दै आइरहेको छ ?
हवाई क्षेत्र आफैंमा एउटा चूनौतीपूर्ण क्षेत्र भएकोले यसलाई प्रभावशालीरुपमा निरन्तरता दिन हामीले यो आर्थिक वर्षलाई सर्वे गर्दै प्रभु हेलिकोप्टरलाई अगाडी बढाउने कार्यमा व्यस्त छौं । अन्य एयरलाइन्सको तुलनामा सानो तर कम उचाईमै भएपनि निरन्तर उडान भरिरहेका छौं भने अरु कम्पनीसँग प्रतिस्पर्धा भन्दा पनि हामीले मुख्यरुपमा यात्रुहरुको सुरक्षा र यसको गुणस्तरमा विशेष ध्यान दिईरहेका छौं ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

डिशहोमको जतिको रिचार्ज उति नै बोनस अफर

काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकमबराबर नै बोनस प्राप्त गर्ने भएका छन्। …

प्रतिकृया दिनुहॊस