नेपालको जलविद्युतमा लगानी गर्न अष्ट्रिया इच्छुक

काठमाडौं । जलविद्युत क्षेत्रको विकासमा लागनी गर्न अष्ट्रियाले इच्छा देखाएको छ । नेपालका लागि अष्ट्रेलियन राजदूत विग्रेट्टी ओपिनगेर वाल्चसोफले बुझबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई भेटी लगानीको इच्छा व्यक्त गरेका हुन् ।

भेटमा राजदुत वाल्चसोफले जलविद्युत क्षेत्रमा लगानी गरेर आफ्नो देशको अनुभव साट्न चाहेको बताए । अष्ट्रिया सरकारले लगानी गर्न नेपाललाई चाँडै औपचारीक प्रस्ताव पठाउने प्रतिवद्धता उनले जनाए । आसियन र विमस्टेक क्षेत्र हेर्ने अष्ट्रिाको ट्रान्सपोर्ट तथा प्रविधि मन्त्रालयका क्षेत्रीय निर्देशक मिचेल लिडरेरले पनि भेटवार्ता गरेका छन् । भेटमा निर्देशक मिचेलले ऊर्जा क्षेत्रमा औपचारीक सम्बन्ध स्थापित गर्न आफ्नो देश सहकार्य गर्न तयार रहेको बताए ।

‘नेपालमा जलविद्युतको ठुलो सम्भावना छ,’ उनले भने,‘ यहाँको जलविद्युतको विकास गर्न हामी अष्ट्रियन प्रविधि प्रयोग गर्न चाहान्छौं ।’ जवाफमा मन्त्री पुनले जलविद्युत विकासमा अष्ट्रियन प्रविधी विश्वकै उत्कृष्ट भएको प्रशंसा गरे । नेपालमा सक्रिय अष्ट्रियन कम्पनीले पनि उतैको प्रविधि अनुसार काम गरिरहेको भन्ने सुनेको पुनले जिकिर गरे ।

१० वर्षमा विद्युत उत्पादनको सीमा १५ हजार मेगावाट पुर्याउने सरकारको लक्ष्य रहेकाले अहिले जलविद्युतमा लगानीका लागि उपयुक्त समय भएकाले सहजिकरण गर्न तयार रहेको उनले बताए । पुनले ऊर्जा क्षेत्रको विकासमा सहकार्य गर्न अष्ट्रियाले गर्ने प्रस्तावलाई सकारात्मक रुपमा लिएको प्रतिकृया दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंका मुख्य स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ । नेपाल …

प्रतिकृया दिनुहॊस