दीपेन्द्रसिंह ऐरीले पाएको ओमोडा गाडीमा लाग्ने कर शारडा ग्रुपले व्यहोर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा नेपाली सर्वात्कृष्ट खेलाडी दिपेन्द्र सिंह ऐरीले पाएको कारको कर शारडा ग्रुपले दिने भएको छ । एसपीजी अटोमोबाइल्स प्रालि (ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक)को अभिभावक कम्पनि शारडा ग्रुपले कर आफै दिने निर्णय गरेको हो ।

प्रतियोगिताभरी दीपेन्द्रले ९ खेलमा २२७ रन, ९ विकेट, सात रन–आउट गराउँदै आफ्नो टोलीलाई फाइनल खेलसम्म सफलताको यात्रामा पुर्‍याएका थिए ।

लिगको समापनपछि आयोजित विशेष समारोहमा ऐरीलाई ओमोडा–इफाइभ प्रदान गरिएको थियो । उक्त गाडिको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ रहेको छ । जसको कर १५ लाखभन्दा बढी हुन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा १८ हजार बृक्षारोपण गर्ने घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत …

प्रतिकृया दिनुहॊस