फुटबलर्स मिसन टुगेदर र ब्लुक्रस अस्पतालबिच सम्झौता

काठमाडौँ । फुटबलर्स मिसन टुगेदर र ब्लुक्रस अस्पतालबिच स्वास्थ्य सेवामा छुट दिने सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ । यी दुई संस्थाबिच मंगलबार एक समारोहबिच पाँच वर्षे सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार, फुटबलर्स मिसन टुगेदरमा आवद्ध पूर्वफुटबलर, प्रशिक्षक, रेफ्री, अफिसियल तथा निजका परिवारले स्वास्थ्य परीक्षण, ल्याव टेष्ट, दुर्घटना भई उपचार (स्वास्थ्य उपचार) गराउदा २० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

यसका अतिरिक्त फुटबलर्स मिसन टुगेदरले आयोजना गर्ने प्रतियोगिताहरुमा ब्लुक्रस स्पतालले निःशुल्क एम्बुलेन्स र चिकित्सकीय सेवा पनि प्रदान गर्नेछ । मेजर र माइनर शल्यक्रिया गर्दासमेत विशेष छुट दिइने सम्झौतामा उल्लेख छ ।

फुटवलर्स मिसन टुगेदरको तर्फबाट वरिष्ठ उपाध्यक्ष भिक्टर जेबी राणा र अस्पतालको तर्फबाट व्यवस्थापन समितिका सदस्यसचिव रजत श्रेष्ठले हस्ताक्षर गरे । सो अवसरमा बरिष्ठ उपाध्यक्ष राणाले फुटबलर्स मिसन टुगेदरको प्रस्तावलाई स्वीकार गरि खेलाडीहरुप्रति सम्मान व्यक्त गरेकोमा अस्पताल व्यवस्थापनलाई दिए ।

अस्पतालका सदस्यसचिव रजत श्रेष्ठले फुटबलर्स मिसन टुगेदरसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । सो अवसरमा फुटबलर्स मिसन टुगेदरका महासचिव धिरेन्द्र प्रधान, कोषाध्यक्ष वसन्त लामा, पूर्वअन्तर्राष्ट्रिय महिला तथा पुरुष खेलाडीहरुको उपस्थिति रहेको थियो । फुटवलर्स मिसन टुगेदर पूर्वअन्तर्राष्ट्रिय फुटबलरहरु सम्मिलित गैरनाफामूलक संस्था हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गेटा पुगेर स्वास्थ्यमन्त्रीले भने- ‘पहिले अस्पताल त्यसपछि स्वास्थ्य विज्ञान विश्वविद्यालय’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने विषयमा …

प्रतिकृया दिनुहॊस