हिमालपारिको जिल्लामा बिजुली बलेपछि खुशीयाली

ठिनी । हिमालपारिको जिल्ला मुस्ताङको लो घ्येकर दामोदरकुण्ड गाउँपालिकामा केन्द्रीय प्रसारणलाइनको बिजुली पुगेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । लो घ्येकर दामोदर कुण्ड गाउँपालिकाको २ र ३ नं वडामा पर्ने घमी, साङ्बोचे, घिलिङ र ढाकमरका २०० घरमा उपल्लो मुस्ताङमै पहिलो पटक केन्द्रीय प्रसारणलाइनको विद्युत् सुविधा पुगेको हो ।

नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरण र लो घ्येकर दामोदरकुण्ड गाउँपालिकाले भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित उपल्लो मुस्ताङमा विद्युत् विस्तार गरिएको गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिए । अध्यक्ष विष्टका अनुसार विद्युतीकरणका लागि गाउँपालिकाले २० लाख विनियोजन गरेको थियो । नेपाल विद्युत् प्राधिकरणले ५५० थान पोल र १५ किलोमिटर प्रसारणलाइनको तार उपलब्ध गराएको हो ।

वडा नं १, ४ र ५ मा पर्ने चराङ्ग, ४ याराघारा, धेताङग्यामा पनि विद्युतीकरणका लागि ८० प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्षभित्र विद्युतीकरण गरिसक्ने गाउँपालिकाको योजना छ । यसअघि बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने छुसाङसम्म मात्र विद्युत् सुविधा पुगेको थियो । उज्यालोका लागि सोलार र टुकीमा निर्भर थिए । विद्युत् सुविधा भएपछि उज्यालोका साथै टिभी हेर्न, कम्प्युटर, ल्यापटप चलाउन, उद्योग व्यवसाय सञ्चालन गर्न सहज भएको गाउँ कार्यपालिका सदस्य पेमा सेर्तुन विकले बताए ।

मुस्ताङमा विद्युत् वितरण, महसुल सङ्कलन, मर्मत र व्यवस्थापनको काम निलगिरि उपभोक्ता सहकारी संस्थाले गर्दै आएको छ । उपल्लो मुस्ताङको विद्युत् व्यवस्थापन पनि संस्थामार्फत नै गरिने कार्यालय प्रमुख सनप्रसाद थकालीले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढी प्रभावित आयोजनाले १० महिनासम्म राहत नपाएकाे गुनासाे

काठमाडौं । पूर्वका बाढी प्रभावित जलविद्युत आयोजनाले लामोसमयसम्म राहत नपाएपछि संसदीय समितिमा छलफल भएको छ । बुधवार संघीय संसदको अर्थसमितिमा बाढी प्रभावित आयोजनाका प्रतिनिधि, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान), ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री, राष्ट्र बैंकका गभर्नर, ऊर्जा सचिव र राजस्व सचिवसहित छलफल भएको हो ।

प्रतिकृया दिनुहॊस