तामाकोसीको सेयर मंगलबार बाँडफाँड हुने, भर्नेजति सबैले ४० कित्ता पाउने

काठमाडौं । माथिल्लो तामाकोसीको प्राथमिक सेयर आगामी मंगलबार बाँडफाँड हुने भएको छ । बिक्री प्रवन्धक नागरिक लगानी कोषका उपव्यवस्थापक रोशनजंग कार्कीले मंगलबारका लागि मिति तय गरिएको जानकारी दिए ।

कुल ३ लाख ४६ हजार १६६ आवेदन परेकोमा ६ हजारको संख्यामा रद्द भएको कार्कीले बताए । यसअघि सेयर पाएकाले पुनः आवेदन भरेपछि सो संख्याको आवेदन रद्द गरिएको हो । यसअघि स्थानीयको कोटा, संचयकर्ता, नागरिक लगानी कोष तथा विद्युत प्राधिकरणका कर्मचारीलाई सेयर बाँडफाँड गरिएको छ । उनीहरुले पुनः आवेदन भरेमा रद्द गर्ने व्यवस्था छ ।

३ लाख ४० हजारको हाराहारीका आवेदकले सेयर पाउने भएका छन्। कुल १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुलाइएको थियो। धितोपत्र बाँडफाँड निर्देशिकाअनुसार पुगेसम्म न्यूनतम कित्ता सबैलाई दिनुपर्ने छ । यो प्रावधानअनुसार भर्नेजति सबैले कम्तीमा ४० कित्ता सेयर पाउने छन् ।

सबैलाई ४० कित्ता वितरण गर्दा १ करोड ३६ लाख कित्ता वितरण हुनेछ । बाँकी २२ लाख ८५ हजार कित्ता रहने भएकाले कुल २ लाख २८ हजार ५ सय जनाले ५० कित्ताका दरले सेयर पाउने छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिष्थितिमा पनि उत्साहजनक सहभागिता

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा भएको छ । एक्स्पो आयोजक …

प्रतिकृया दिनुहॊस