सामाजिक विकास मन्त्री सोडारी बर्खास्त

धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीलाई मन्त्रीबाटबाट बर्खास्त गरिएको छ । तिहारका बेला मन्त्री सोडारी चढ्ने गाडी दुर्घटना भएपछि विवादमा तानिएका उनलाई प्रदेशको मन्त्रीपरिषद् तथा मुख्यमन्त्री कार्यालयले मंगलबार बर्खास्त गरेको हो ।

मन्त्रीका स्वकीय सचिव दीर्घराज जोशीले उनलाई पदमुक्त गरिएको पुष्टि गरे । तिहारका बेला मन्त्री सोडारी चढ्ने बा २ झ ३१२५ नम्बरको स्कारपियो जिपले मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते भएका थिए । दुर्घटनाका बेला मन्त्री सोडारी गाडीमा नरहेको बताइएपनि स्थानीय बासिन्दाले मन्त्री गाडीभित्रै रहेको दाबी गर्दै आएका थिए ।

सो दुर्घटनामा परी जिप चालक गोदावरी नगरपालिकाका धोजेन्द्र शाही, उनका भान्जी नाता पर्ने १० वर्षीया आयुश्मा शाही र से ३ प २४२० नम्बरको मोटरसाइकलका चालक गौरीगंगा नगरपालिकाका सुरेन्द्र चन्द घाइते भएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंमा ९२२ महिलाको क्यान्सर परीक्षण गर्दा २६ जनामा पोजेटिभ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका ४ वटा वडा (३१, २५, २७ र ३), महिला जनप्रतिनिधि र …

प्रतिकृया दिनुहॊस