मानिस भित्र मानिस हराएको शहर

मिराराज भण्डार

 

 

 

 

 

 

 

यो शहर
रहरहरुको शहर
रङ बिहिन रङहरुको शहर
म मानिस
एक्लो मानिस
मानिसहरुको खोजीमा छु
रङ मानिसहरु बग्रेल्ती
मानवता हराएको शहर
मानिस मानिस बिच
बिश्म्रिती छन्

किन खोज्दै छु म मानिस भित्र मानिस
यो शहर
खुइ लिएका रङ हरु छरपस्ट
नजिक नियाल्छु
मानवता बिहिन मानवहरु
रङ बिहिन मानव हरु
रगरग मा मानवहिन मानिसहरु
म दौडी रहेछु एक तमाश
अन्जान यो रङ बिहिन रङ भुमिमा
फगत मरुभुमीमा
प्याशले तड्पिदै
म एक्लो फगत एक्लो
प्याश बुझाउने पानी
मानिस भित्र हराएको मानिस
मरुभुमी को मिराज बन्यो
मेरो निरर्थक दौड
अर्र्थ ्बिहिन प्याश
मानिस भित्र मानिस् खोज्ने
मेरो निरर्थक प्रयास
यो शहर
मानिस भित्र मानिस हराएको शहर
मानव भित्र मानवता हराएको शहर ।

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

कविता : बादल लागेपछि

(२०७८ सालमा पार्टी फुटकाे प्रभाव)

प्रतिकृया दिनुहॊस