कलाकार राष्ट्रका गौरव हुन् : उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कलाकारहरु राष्ट्रको गौरव भएको बताएका छन् ।मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा रातो टीकी बोलको गीत सार्वजनिक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री खड्काले कलाकारितामार्फत् कालाकारले देशको मान प्रतिष्ठा बढाउने काम गरेकाले कलाकार देशका लागि गौरव भएको बताएका हुन्।

कलाकारको गीत संगीत र कालकारितामार्फत् सामाजिक चेतना फैलाउन ठूलो योगदान रहेको भन्दै उपप्रधानमन्त्री खड्काले कलाकारको कलाकारिताले देशमा समाजिक न्यायको क्षेत्रमासमेत ठूलो परिवर्तनमा योगदान भइरहेको समेत बताए।

कतिपय खराब परम्परा बदल्न गीत संगीत र कलाकारिताको नेपाली समाजमा ठूलो योगदान रहेको उप–प्रधानमन्त्री खड्काको भनाइ छ। रक्षामन्त्री समेत रहेका उपप्रधानमन्त्री खड्काले महिलाको हक अधिकारको पक्षमा बोल्ने र समाजिक कुरीति तोड्न समेत कलाकारिताको ठूलो योगदान भएको बताए।

समाजमा परिवर्तन गर्नका लागि गीत संगीत र कलाकारको ठूलो योदगान हुने भन्दै उपप्रधानमन्त्री खड्काले सबैखाले कुरीति हटाउन र समाज रुपान्तरण र पारिवर्तनका लागि गीत संगीत र कलाकारिताले ठूलो अस्त्रको रुपमा काम गर्ने विश्वास व्यक्त गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पाँच आयोजना अलपत्र पार्ने ठेकेदार कालोसूचीमा

काठमाडौँ । विभिन्न पाँच वटा निकाय अन्तर्गतका काम अलपत्र पार्ने निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई …

प्रतिकृया दिनुहॊस