jel/सरकारले चालचलन राम्रो भएका कैदीलाई जेलबाहिर बस्न दिने
सांकेतिक तस्बिर

कांग्रेस सह-महामन्त्रीलाई खुकुरी हान्ने श्यामबहादुर जेल चलान

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने श्यामबहादुर सापकोटा जेल चलान भएका छन् ।

उनले गत भदौ २० गते रिपोर्टर्स क्लबमा सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गरेका थिए ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको सोमबारको इजलासले सापकोटालाई जेल चलानको आदेश दिएको हो ।

उनीबिरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा १० वर्षसम्म कैदसजाय माग गर्दै मुद्दा दर्ता गरिएको थियो। उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो ।

सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गरेपछि नुवाकोट विदुर –७ का ४७ वर्षीय सापकोटाले राजसंस्था पक्षधर नारा लगाएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पक्राउ पुर्जीविरुद्ध विप्लवद्वारा आन्दोलन घोषणा

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले काठमाडौं जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीको विरोधमा …

प्रतिकृया दिनुहॊस