ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

सिटिजन लाइफ इन्स्याेरेन्सले बिहीबार आईपीओ बाँडफाँट गर्ने

काठमाडौं । सिटिजन लाइफ इन्स्याेरेन्सको आईपीओ बिहीबार बाँडफाँट गर्ने तयारी गरिएको छ। बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल अनुसार भदौ २८ गते आईपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो। यसको प्रि-अलोटमेन्ट साेमबार सम्पन्न भएको छ।

यता, सिटिजन लाइफको आईपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ। यसमा मागभन्दा १.८६ गुणा बढी आवेदन परेको छ। यसर्थ गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ।

यसमा १५ लाख १० हजार ६९३ जनाले कुल १ करोड ६७ लाख ९० हजार १८० कित्ताका लागि आवेदन दिएका छन्। जसमा ९ लाख जनाले मात्र सेयर हात पार्नेछन्। बाँकी ६ लाख १० हजार ६९३ जनाको भने हात खाली हुनेछ।

कम्पनीले भदौ १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणलाई प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा आपीओ बिक्री खुला गरेको थियो। कम्पनीले कुल १ करोड १२ लाख ५० हजार कित्ता आइपीओमध्ये १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता सेयर यसअघिनै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ।

त्यस्तै, ५ प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता सेयर कर्मचारी र ५ प्रतिशत (५ लाख ६२ हजार ५०० कित्ता) सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको ९० लाख कित्ता सेयर सर्वसाधारणलाई खुला गरेको थियो।

यो आईपीओमा एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ। रेटिङ एजेन्सी इक्रा नेपालले यस इन्स्याेरेन्सलाई ‘इक्राएनपी ट्रिपल बी इस्यूअर रेटिङ’प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मेटलाइफ नेपालद्वारा अभिकर्ता टोलीलाई सम्मान

काठमाडौं । मेटलाइफ नेपालले गत उत्कृष्ट कार्य गरेवापत कार्यरत अभिकर्ता टोलीलाई सम्मान गरेको छ । …

प्रतिकृया दिनुहॊस