नक्कली नोटसहित बस्नेत पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ।

ओखलढुंगा घर भएका ३२ वर्षीय अर्जुन बस्नेत भनिने पदमबहादुरको साथबाट प्रहरीले एक हजार दरका १० वटा नेपाली नोट सहित पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले महाबौद्धमा कपडा किनेपछि पसलेलाई दिएको नोटमा शंका लागेर प्रहरीलाई खबर गरेपछि बस्नेत पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

जिल्ला अदालतबाट खोटा प्रचलनमा म्याद थप गरी अनुसन्धान सुरू भइसकेको छ ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस