ज्योति विकास बैंकले ८.४० प्रतिशत लाभांश बाँड्ने

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडका शेयरधनीहरुलाई चुक्ता पूँजीकोे ८ दशमलव ४० प्रतिशतका दरले नगद लाभांश दिने भएको छ ।

नगद लाभांश वितरण गर्ने संचालक समितिको प्रस्ताव बैंकको ११औँ बार्षिक साधारणसभाबाट पारित भएपछि ८ दशमलव ४० प्रतिशतका दरले नगद लाभांश दिने भएको हो ।

साधारणसभाले भदौ २४ गते बसेको सञ्चालक समितिको ३१२ औं बैठकले आर्थिक वर्ष २०७४र७५ को नाफाबाट २१ करोड ८० लाख ६२ हजार ७५३ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।

साधारण सभा प्रयोजनका लागि बैंकले असोज १५ देखि बुक क्लोज गरेको थियो । यस अनुसार असोज १४ गतेसम्म कायम सेयरधनीले मात्र नगद लाभांश पाउनेछन् ।

यस्तै, साधारणसभाबाट बैंकले नुवाकोट जिल्लाको विदुर नगरपालिकामा केन्द्रिय कार्यालय रहेको एक जिल्ला कार्य क्षेत्र भएको हाम्रो विकास बैैंक लि लाई प्राप्ति (एक्विजिशन) गर्न स्वीकृत प्रदान गरेको छ । साथै प्राप्ति पश्चात यस विकास बैंकको चुक्ता पूँजी रु. ३ अरब १० करोड पुग्नेछ ।

हाल बैंकले आफ्ना ७२ वटा शाखाहरु एवं २२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । गत आ।व।२०७४÷७५ मा बैंकले करिब १ लाख ५० हजार खाताबाट १९ अर्व ५४ करोड निक्षेप संकलन गर्न र १० हजार भन्दा बढि ऋणी मार्फत १६ अर्व १० करोड ऋण लगानी गर्न सफल भएको थियो ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

नेपालमा सार्वजनिक भयो ल्याक्मे सनस्क्रिन

काठमाडौं । नेपालमा ल्याक्मे सनस्क्रिन सार्वजनिक गरिएको छ। ‘स्टन इन द सन’ ट्यागलाइनको साथ उक्त …

प्रतिकृया दिनुहॊस