इंग्ल्यान्डले विश्व विजेता स्पेनलाई हरायो

काठमाडौं । युएईएफए नेसन्स लिग फुटबलमा इंग्ल्यान्डले स्पेनलाई हराएको छ ।

सेभियामा सोमबार राति भएको खेलमा इंग्ल्यान्डले स्पेनलाई ३–२ ले हराएको हो ।

खेलको १६ औं मिनेटमा स्टर्लिङले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए । त्यस्तै, ३० औं मिनेटमा राष्फोर्डले गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर बनाए । यसैगरी, ३८ औं मिनेटमा स्टर्लिङले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा इंग्ल्यान्ड ३–० ले अग्रता लियो ।

तर, दोस्रो हाफमा स्पेन खेलमा फर्कने कोशिस गर्दा पनि सफल भएनन् । खेलको ५८ औं मिनेटमा स्पेनका अल्कासरले गोल गर्दै खेल ३–१ मा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा स्पेनका कप्तान रामोसले एक गोल गरे । तर त्यतिले पनि स्पेनलाई हारबाट बचाउन सकेन ।

इंग्ल्याण्डले ३१ वर्षपछि स्पेनलाई हारेको हो । अन्तिम पटक इंग्ल्याण्डले १९८७ मा स्पेनलाई चार दुई गोलले हराएको थियो ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस