इन्भेष्टमेण्ट बैंकका थप ६ एटिएम संचालनमा

काठमाडाैं । नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौं, भक्तपुर, रसुवा र सर्लाहीका विभिन्न ६ स्थानमा एटिएम सेवा सुरु गरेको छ ।

काठमाडौंको सितापाइलास्थित वाफल शाखा, धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, बालुवाटारस्थित नेपाल राष्ट्र बैंक गेट अगाडि, भक्तपुरको ठिमीस्थित भाटभटेनी सुपरमार्केट, रसुवाको धुन्छे एक्सटेन्सन काउन्टर तथा सर्लाहीको बरहथवा शाखामा एटिएम सेवा थप गरिएको बैंकले जनाएको छ ।

सर्वसाधारणलाई छिटो छरितो तरिकाले आर्थिक कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले एटिएम सेवा विस्तार गरिएको बैंकको भनाइ छ । यीसँगै बैंकका एटिएम संख्या १०७ पुगेको छ । नौ लाखभन्दा बढी ग्राहक रहेको बैंकका ७७ वटा शाखा संचालनमा छन् ।

बैंकले भर्खरै आन्तरीक तथा बाह्य बजारलाई लक्षित गरी दुई प्रकारको एनआईबिएल मास्टरकार्ड प्रयोगमा ल्याएको छ । जुन नेपाल, भारतलगायत विश्वभर प्रयोग गर्न सकिन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालमा सार्वजनिक भयो ल्याक्मे सनस्क्रिन

काठमाडौं । नेपालमा ल्याक्मे सनस्क्रिन सार्वजनिक गरिएको छ। ‘स्टन इन द सन’ ट्यागलाइनको साथ उक्त …

प्रतिकृया दिनुहॊस