दसैँमा यसरी बचाअाैँ स्वास्थ्य

काठमाडाैं । दसैँमा चिल्लो पदार्थयुक्त मासुजन्य खाद्यपदार्थका परिकार अत्यधिक मात्रामा सेवन गर्ने चलन छ । मासुजन्य परिकारमा पानीको मात्री न्युनतम र चिल्लो पदार्थ अधिकतम हुन्छ। जसले गर्दा हाम्रो शरीरमा असन्तुलन पैदा हुन्छ ।

दसैँमा खानेकुरामा ध्यान नदिँदा फुड पोइजन हुन सक्छ । विशेषगरी दूध तथा दूधजन्य पदार्थ, मासु र अण्डा भण्डारणमा विशेष ध्यान दिनुपर्छ । मासु र मासुजन्य परिकार अत्यधिक उपभोगका कारण मुटु रोग, मोटोपन, उच्च रक्तचाप, मधुमेय, क्यान्सर रोग लाग्ने संभावना हुन्छ। दसैँमा जिम र अन्य व्यायाम त्यति हुँदैन । दसैँमा पनि व्यायामलाई जारी राख्नु पर्छ ।

सेतो र रातो मासुमा रोगका जिवाणु र रासायनिक मलको अवशेष हुन्छ । सकेसम्म रातोमासु नखाँदा राम्रो । प्रोटिन वा अन्य आवश्यक तत्व तरकारी, गेडागुडी आदिमा पनि प्रसस्त पाइन्छ । मदिराको अत्यधिक प्रयोगले कलेजो, मिर्गौलासहितका अंगालाई असर गर्छ । हरियो साग, तरकारी र फलफूल सफा र स्वच्छ पानीमा पखालेर खानुपर्छ । तेल, ध्यू र मसलाको कम प्रयोग गर्नुपर्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहॊस