नेपाल बंगलादेश बैंकमा बचत खाता खोल्दा २५ ग्रामको चाँदीको सिक्का!

काठमाडाैं । नेपाल बङगलादेश बैंकले ग्राहकहरुलाई सगौरव बचत खाताअन्तर्गत दशैं शुभकामना योजना ल्याएको छ । यो योजनामा आवद्ध हुने ग्राहकहरुले आफ्ना खातामा १ लाख वा त्यसभन्दा बढी निक्षेप गरेमा बैंकले २५ ग्रामको चाँदीको सिक्का उपहार दिने विज्ञप्तिमा जनाएको छ ।

ग्राहकले निःशुल्क भिसा डेविट कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ/एसएमएस अलर्ट, डिम्याट खाता, अन्तर शाखा कारोबार र सिआस्वा सेवा पाउने छन् । बैंकले १ वर्षको लागि लकर सुविधामा ५० प्रतिशत छुट पनि दिने छ । बैंकका ४३ वटा शाखा, ७ वटा शाखा रहित बैंकिङ सेवा केन्द्र र ४३ वटा एटिएम बुथ छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले सेवा बढाउँदै लैजाने बताए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको भाउले तोड्यो कीर्तिमान, एकैदिन २१ सयले बढेर १ लाख ३० हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बिहिबार प्रतितोला …

प्रतिकृया दिनुहॊस