आज विश्व वाथरोग दिवस : वाथरोग कसरी थाहा पाउने ?

काठमाडाैं । आज विश्व वाथरोग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । शरीरका हाडजोर्नी, माशपेशी, छाला, नशा दुख्ने समस्या वाथरोग हो ।

बाथ रोगको प्रकार सय भन्दा बढी भएकाले यसले हाडजोर्नी बाहेक मुटु, मृगौला, फोक्सो, टाउको, कलेजो लगायतका शरिरको भित्री अंगलाई पनि असर गर्ने वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर अरुणकुमार गुप्ताले बताए । उनका अनुसार उपचारपछि ९५ प्रतिशत निको हुने सम्भावना रहेको बाथ रोगको समयमा उपचार नभए हाड, र्जोनी काम नलाग्ने गरि बिग्रन सक्छन् ।

नेपालमा युरिक एसिड बढेर हुने बाथ, हड्डी खिइने बाथ, कम्मर दुख्ने बाथ, रिडको हड्डीमा हुने बाथ बढी भेटिएको डाक्टर गुप्ताले बताए । यो नवजातशिशु देखि ८०-९० वर्षको उमेर सम्मका व्यक्तिलाई जुनसुकै बेला हुन सक्ने वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर गुप्ताले जानकारी दिए ।

बिहान उठ्दा हातका औंला, जोर्नी कक्रक्क पर्ने, साह्रो हुने, मुठ्ठी पार्न गाह्रो हुने, शरीर भारी हुने, जामभए जस्तो हुने, हिड्न, बस्न, उठ्नै गाह्रो हुने बाथ रोगका लक्षण हुन् ।

यस्तै शरीर झमझम गर्ने, मांशपेशी भित्र दुख्ने, ज्वरो आउने, कपाल झर्ने, चिसोपानीमा हात राख्दा छालाका रंग परिवर्तन हुने, शरीरमा रातानिला सानासाना टाटाहरु आउने, छाला तन्किने, औंलामा घाउ आउने, घाममा जाँदा पुतलीको प्वाख जस्तो गाला रातो डाम आउने, मुखमा घाउ आउने आदि हुन्छन् ।

यसैगरी उकालो-ओरालो गर्दा र भर्याङ् चढ्दा हड्डी दुख्ने गर्छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सर्वोच्चको आठ बुँदे आदेश- पशुपति क्षेत्रमा गाडी चल्न नदिनू, शव गाड्ने वैकल्पिक ठाउँ खोज्नू

काठमाडौं । सर्वोच्च अदालतले विश्व सम्पदा सूचीमा रहेको पशुपतिनाथ मन्दिर क्षेत्रमा इञ्जिनले चल्ने कुनै पनि …

प्रतिकृया दिनुहॊस