क्लिन फिड लागू नगर्न केवल टिभीहरुको संस्था तथा डिटिएच कम्पनीले गरे माग, विज्ञप्ति सहित

काठमाडौं । सरकारले क्लिन फिड अर्थात् विज्ञापनरहित टेलिभिजन च्यानल प्रशारण लागू गराउने प्रकृयामा रहेकाे छ तर यसकाे संभावना नरहेको यस क्षेत्रमा आबद्धता भएका व्यवसायी संस्थाहरुले जानकारी दिएका छन् ।

अार्इतवार केबल टेलिभिजन प्रसारकहरुको संस्था नेपाल केवल टेलिभिजन महासंघ , नेपाल केवल टेलिभिजन व्यवसायी महासंघ तथा डिटिएचबाट टेलिभिजन च्यानल सेवा संचालन गरिरहेको डिस होमले संयुक्तरुपमा क्लिन फिडको विरोधमा प्रधानमन्त्री तथा सुचना तथा संचार मन्त्रालयका सचिव समक्ष ज्ञापन पत्र बुझाएका छन् । ती संस्थाका प्रतिनीधिहरुले विज्ञापन रहित नीति, २०७३ नेपालको संविधान तथा राष्ट्रिय प्रसारण ऐन, २०४९ को प्रतिकुल भएको भन्दै सो नीति रद्ध गर्न माग राखेका छन् ।

प्रेश विज्ञप्ती     

 

मितिः २०७४÷०३÷२५

पत्रकार मित्रहरु,

हाम्रो संविधानले सञ्चारको हकलाई मौलिक हकको रुपमा स्विकार गरी संविधानद्वारा नै उक्त हकको ग्यारेन्टि गरेको छ । सूचनाको हक तथा सञ्चारको हक संविधानमा लिपिबद्ध गर्देमा त्यसले मुर्तरुप लिने नभई अभ्यास र प्रयोगबाट यसले जीवन्तता प्राप्त गर्ने हो । सरकारले लाग’ गर्ने तयारी गरेको विज्ञापन रहित नीति, २०७३ नेपालको संविधान तथा राष्ट्रिय प्रसारण ऐन, २०४९ को विपरित छ ।

हाल सरकारले विज्ञापन रहित नीति, २०७३ को कार्यान्वयन गर्ने तयारीमा रहेको बुझिएको छ । हाल नेपालमा प्रशारण भई आएका (५% विज्ञापन सहितका विदेशी च्यानलहरु छन् । ति च्यानलहरुको नेपालका लागी विज्ञापन रहित Feed छैन । भारतीय प्रशारक फोरम  (Indian Broadcasting Forum) ले नेपालको लागि Clean Feed उपलब्ध गराउने नसकिने जानकारी गराएको छ । नेपालका लागी अलग्गै Feed तयार गरी प्रशारण गर्न सम्भव नै छैन र प्रशारण हुँदा पनि नेपाली उपभोक्ताले Clean Feed बाट प्रशारित च्यानलको शुल्क भुक्तान गर्न सक्ने पनि देखिदैन  ।

विज्ञापन रहित नीति, २०७३ लागू गरिएमा नेपाली DTH कम्पनी तथा केबल कम्पनीहरु बन्द नै हुन्छन् भने सोबाट नेपाली टेलिभिजनहरु पनि बन्द हुन पुग्छन्, कारण हाल नेपाली टेलिभिजनहरुको प्रशारण DTH कम्पनी तथा केबल कम्पनी मार्फत भइ आएको छ । यसरी विज्ञापन रहित नीति, २०७३ लागू गरीएमा यस क्षेत्रमा लगानी भएको अरबौ रुपैयाँको लगानी खेर जाने पनि स्पष्ट छ ।

नेपाल जस्तो भू–परिबेष्टित र खुला सिमाना भएको मुलुकमा विदेशी DTH को चोरी पैठारी ह’न सक्ने र नेपाली DTH कम्पनी तथा केबल कम्पनीहरु धारासायी बन्ने र सो को कारणबाट नेपाली टेलिभिजनहरु पनि प्रायः बन्द नै हुने र नेपाली DTH कम्पनी तथा केबल कम्पनीहरुमा लगानी भएको अरबौ रुपैयाँको नोक्सानी हुने भएकाले विज्ञापन रहित नीति, २०७३ रद्द गरी पाउन सम्माननीय प्रधानमन्त्रीज्यू तथा नेपाल सरकार सुचना तथा सञ्चार मन्न्त्रालयका सचिवज्यू समक्ष ज्ञापनपत्र आजै पेश गरी सकिएको जानकारी गराउदछौं ।

विज्ञापन रहित नीति, २०७३ लाग’ भएमा नेपाली DTH कम्पनी तथा केबल कम्पनीहरुका लागी बिक्रियोग्य बस्तु नभई व्यवसाय सञ्चालन गर्न नसकिने भएकाले सरकारले यही असार मसान्त भित्र विज्ञापन रहित नीति, २०७३ रद्द नगरेमा आगामी श्रावण १ गते देखि नेपाली DTH कम्पनी तथा केबल कम्पनीहरुबाट प्रशारण भई आएका स–शुल्क, निशुल्क, स्वदेशी, विदेशी तथा स्थानिय केवल टिभी लगायत सम्पुर्ण टेलिभिजनहरु बन्द गर्न बाध्य हुनेछौं । यसबाट सरोकारवाला, प्रशारक तथा उपभोक्तामा पर्न जाने असर तथा त्यसबाट उत्पन्न हुने बिषम परिस्थितीको जिम्मेवार समेत नेपाल सरकार नै हुने जानकारी समेत यसै प्रेश विज्ञप्ति मार्फत गर्दछौं ।

 

–––––––––––––––––––              –––––––––––––––––––                –––––––––––––––––––

( सुधिर पराजुली )                     ( ध्रु शर्मा )                      ( सुदिप आचार्य )

अध्यक्ष                             सदस्य                            कार्यकारी प्रमुख

नेपाल केवल टेलिभिजन महासंघ   नेपाल केवल टेलिभिजन व्यवसायी महासंघ     डिस होम नेपाल

तथा

अध्यक्ष

डिजिटल सिष्टम अफ नेपाल प्रा.लि.

(विदेशी स–शुल्क च्यानल वितरक)

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सुनको भाउले तोड्यो कीर्तिमान, एकैदिन २१ सयले बढेर १ लाख ३० हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बिहिबार प्रतितोला …

प्रतिकृया दिनुहॊस