रोनाल्डोमाथि लागेको बलात्कारका प्रमाण सबै ‘फेक’

काठमाडाैं । हालै युभेन्टस गएका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कार आरोपमा पेश गरिएका प्रमाणहरु झुटो भएको उनका वकिलले बताएका छन् । ३३ वर्षे रोनाल्डोले सन् २००९ मा अमेरीकाको लस भेगसमा आफूलाई बलात्कार गरेको भन्दै केही साता अगाडि काथरीनले नै खुलासा गरेकी थिइन् ।

भेगसको एक होटलमा रोनाल्डोले आफूमाथि बलात्कार गरेको भन्दै अन्तवार्ता दिएपछि उनी रातारात चर्चामा आएकी थिइन् । तर रोनाल्डोका वकिलले काथरीनले बलात्कारका बारेमा पेश गरेको प्रमाणहरु फेक भएको दाबी गरेका छन् । ती महिलाले लगाएको बलात्कारको आरोप झुट रहेको र ती महिलाले आरोप दर्ता गर्ने क्रमम सबै झुटा कागजात बनाएको रोनाल्डोका वकिलले बताएका छन् ।

रोनाल्डो आफैंले पनि यो घटना झुटो भएको बताउदै आएका छन् । जर्मनीको एक पत्रिकाले छापेको अन्तवार्ता गलत भएको भन्दै रोनाल्डोले यसअघि नै आफ्नो भनाई राखिसकेका छन् । तर पनि उनी कानुनी रुपमा यसको समाधानका लागि दुई दिन अगाडी वकिलसँग भेट्न लिस्वन पुगेका थिए । सो भेटपछि पहिलो पटक रोनाल्डोका वकिल पिटर क्रिष्टिएन्सनले जारी गरेको वक्तव्यमा रोनाल्डोले सबै आरोप ‘स्पष्ट रुपले अस्वीकार गरेको र आरोप निकै घृणित रहेको’ उल्लेख गरिएको छ ।

रोनाल्डोका वकिल क्रिष्टिएन्सनले आरोप सम्बन्धी खबर प्रकाशित गर्ने सञ्चार माध्यम निकै गैरजिम्मेवार रहेको उल्लेख गरेका छन् । चोरी गरिएको र सजिलै म्यानुपुलेट गर्न मिल्ने डिजिटल कागजातको भरमा आरोप लगाएको उनले बताएका छन् । यस्तै कागजातको महत्वपूर्ण भाग पूर्णरुपले परिवर्तन गरेर झुट बनाइएको रोनाल्डोका वकिलले बताएका छन् । ३४ वर्षे काथरीनले लस भेगसको पुलिसमा आफूमाथि बलात्कार भएको भन्दै प्रमाणसहित रिपोर्ट फाइल गरेकी थिइन् ।

२०१० मा काथरीनलाई यो घटना लुकाउन पुलिसको संलग्नतामा तीन लाख ७५ हजार अमेरीकी डलर दिएको बताइएको छ । तर, रोनाल्डोका वकिलले यो सम्झौता भएको भए पनि बलात्कारका कारण भने नभएको बताएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस