दक्षिण अफ्रिकाले जित्यो पहिलो टी–२०

काठमाडाैं । दक्षिण अफ्रिका र जिम्बावेबिच जारी ३ खेलको टी-२० सिरिजको पहिलो खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । बुधबार भएको खेलमा दक्षिण अफ्रीकाले जिम्बावेलाई ३४ रनले हराएको हो ।

इष्ट लण्डनमा दक्षिण अफ्रीकाले दिएको १ सय ६१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जिम्बावेले  १७ ओभर २ बलमा अलआउट हुँदै १२६ रन मात्र जोड्न सक्यो । जिम्बावेका पिटर मुरले ४४ रन जोडेपनि अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् । त्यस्तै ब्रेण्डन मभुताले २८ रन जोडे ।

जिम्बावेलाई सस्तैमा समेट्न दक्षिण अफ्रिकाका इमरान ताहिरले ५ विकेट लिए । उनले मात्र २३ रन खर्चिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पुरै २० ओभरमा ६ विकेट गुमाएर १६० रन जोडेको थियो । दक्षिण अफ्रीकाका लागि रस्सी भान डेर डुसेनले ५६ रनको अर्धसतकिय इनिङ खेलेका थिए ।

त्यस्तै डेभिड मिलरले ३९ रन जोड्दा कप्तान फाप डु प्लेसिसले ३४ रन जोडे । जिम्बावेका केली जार्भिसले ३ विकेट लिएका थिए । जितपछि सिरिजमा दक्षिण अफ्रिकाले १-० को अग्रता बनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस