दैनिक सवा लाख सर्वसाधारण काठमाडौं उपत्यकाबाट बाहिरिँदै

काठमाडाैं । काठमाडौं उपत्यकाबाट दसैँ मान्न घर जाने क्रम वढेको छ । विगत केही दिनदेखि विभिन्न नाका हुँदै दैनिक सवा लाख सर्वसाधारणले उपत्यकाबाट बाहिरिने गरेका छन् ।

केही दिनदेखि दैनिक सवा लाख भन्दा बढी सर्वसाधारण उपत्यकाबाट बाहिरिरहेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यात्रु बाहिरने क्रम वढेकाले यतिबेला सवैजसाे सडकमा सवारीकाे चाप छ । काठमाडौँ उपत्यकाबाट थानकोट नाका, विपी राजमार्ग, बल्खु-कुलेखानी-हेटौंडा सडकबाट धेरैजसो यात्रु बाहिरिने गरेका छन् । विपी राजमार्गको कारण पूर्वी नेपालका जिल्लामा आवतजावतमा सहज भएको छ ।

मंगलबार र बुधबार गरेर झण्डै अढाई लाख सर्वसाधरण उपत्यकाबाट बाहिरिएका छन् । सोमबार ९० हजार बाहिरिएका थिए । घटस्थापनापछि उपत्यकाबाट बाहिरिनेको संख्या अझ वढेकाेछ । नागरिक बाहिरिने क्रम वढेकाले उपत्यकाका सडकमा सवारी जाम कम हुँदै गएको छ । दसैँको वेला उपत्यकाबाट दुईतिहाइ सर्वसाधारण बाहिरिने गरेका छन् ।

दसैँमा गृहजिल्ला जाने यात्रुहरूको सहजताका लागि ट्राफिक प्रहरीले विभिन्न स्थानमा यात्रु सहायता कक्ष राखेको छ।  टिकट विक्रीमा विचौलियाले गर्न सक्ने वेइमानीप्रति कडाई गरिएको प्रहरीको दावी छ ।

यसैबीच उपत्यकाबाट बाहिरिने र भित्रिने मुख्य नाका नौबिसे-नागढुङगा सडकमा जाम हुन नदिन ठूला मालबाहक सवारी साधन प्रवेशमा रोक लगाएको छ । घटस्थापनादेखि एक हप्ताका लागि यो सडकमा ठूला मालबाहक सवारी आवतजावतमा रोक लगाइएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरीक्षक डम्बर बिकले जानकारी दिए ।

सडकमा ठूला मालबाहक सवारीले जाम वढाएपछि यात्रुबाहक सवारीलाई सहज आवतजावतका लागि ठूला सवारी सञ्चालनमा रोक लगाइएको हो । राजधानी प्रवेश गर्ने र राजधानीबाट बाहिरिने सवारीका साधनहरुको चाप अत्याधिक हुने र मालवाहक सवारीका कारण नौविसे-नागढुङगा सडक खण्डमा सवारी जाम हुने गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस