साझा यातायातको टिकट अब घरबाटै काट्न सकिने

काठमाडाैं । साझा यातायात र अनलाइनबाट बस टिकट काट्ने सुविधा प्रदान गर्दै आएको बससेवा डटकमबीच अनलाइन टिकटिङ सम्झौता भएको छ । सम्झौतासँगै अबदेखि यात्रुहरूले साझा यातायातका टिकट अनलाइनबाटै काट्न सक्नेछन् ।

अनलाइन टिकटिङ सम्बन्धि सम्झौतापत्रमा साझाका तर्फबाट कार्यकारी सञ्चालक भूषण तुलाधर र दियालो टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पि.आर. खनालले हस्ताक्षर गरे । साझाका काठमाडौं उपत्यका बाहिर सञ्चालन हुने डिलक्स् बसहरूमा अनलाइनबाट टिकट काट्न सकिने प्रबन्ध मिलाएको हो ।

साझाका बस काठमाडौदेखि रूपन्देहीको भैरहवा र काठमाडौदेखि बाग्लुङका लागि छुट्दै आएका छन् भने भैरहवा र बाग्लुका लागि साझा यातायातको रात्रिसेवा पनि सुरू भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डिशहोमको जतिको रिचार्ज उति नै बोनस अफर

काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकमबराबर नै बोनस प्राप्त गर्ने भएका छन्। …

प्रतिकृया दिनुहॊस