इप्पानको अध्यक्षका लागि गणेश कार्कीले उमेदवारी दिने

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को अध्यक्ष पदको लागि गणेश कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । उनले उपाध्यक्ष र महासचिवका उम्मेदवारसहित अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

कार्की वर्तमान कार्यसमितिमा उपाध्यक्ष छन् । उनको टिममा उपाध्यक्षमा हालका उपाध्यक्ष मोहन कुमार डाँगी र महासचिवमा हालका सचिव बलराम खतिवडाले उमेदवारी दिने घोषणा गरे ।

इप्पानको २१औँ वार्षिक साधारण जेठ ३२ गते हुनेछ । जेठ ३२ गते बिहान ९ बजे हायात रिजेन्सी होटलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वार्षिक साधारणसभाको उद्घाटन गर्ने तय भएको छ । यो साधारणसभाले नयाँ कार्यसमितिको चयन गर्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिष्थितिमा पनि उत्साहजनक सहभागिता

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा भएको छ । एक्स्पो आयोजक …

प्रतिकृया दिनुहॊस