रिलायबल नेपाल लाइफले गर्‍यो क्रिकेट खेलाडीहरुको म्यादी बीमा

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाली राष्ट्रिय क्रिकेट टीमका सम्पूर्ण खेलाडीहरुको म्यादी बीमा गरेको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत क्रिकेट खेलाडीहरुको आज आयोजित एक कार्यक्रमका बीच म्यादी बीमा सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको सीईओ नारायणबाबु लोहनीले जनाएका छन् ।

उक्त बीमा हस्तान्तरण कार्यक्रममा कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक दिपेशबाबु तिवारीले राष्ट्रको नाम उच्च राख्ने खेलाडाीहरुलाई प्रोत्साहन गर्न यो सहयोग गरिएको बताए ।

कम्पनीले छोटो समयमै ५० लाख भन्दा बढी बीमालेख जारी गरेको विज्ञप्ति मार्फत जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन लाइफले ल्यायो भिडियो KYC सुविधा

काठमाडौँ । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरूमै पहिलो …

प्रतिकृया दिनुहॊस