सुनको भाउमा दिनहुँ रेकर्ड, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले दिनप्रति दिन बढ्दै गएको छ । शुकबार सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो ।

बिहीबार प्रति तोला १ लाख १२ हजार ५ रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य तोलाको १ लाख १२ हजार ७ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ३५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले बढेको हो । बिहीबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस