नेपाल बैंक र फोकुसन पेमेन्ट सोलुसन्सबीच भुक्तानी सेवा सम्झौता

काठमाडाैं । नेपाल बैंक लिमिटेडले फोकुसन पेमेन्ट सोलुसन्स प्रालि एएलआर भीसा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट वरिष्ठ प्रवन्धक संजीव जोशी र फोकुसन पेमेन्ट सोलुसन्स प्रालिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले हस्ताक्षर गरेका छन्।

यो सम्झौता अनुसार नेपाल बैंकका ग्राहकहरुले आफ्नो भिसा डेबिट तथा क्रेडिट कार्ड मोको डिजिटल वालेट मा एड गरी विभिन्न सेवाहरु जस्तै मोबाइल टप अप, इन्टरनेट, बिजुली, खानेपानी, हवाइजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन्। साथै बैंकका ग्राहकहरुले मोको डिजिटल वालेट मार्फत ‘स्क्यान टु पे’ गरी रु. ६ हजार भन्दा बढी भुक्तानी समेत गर्न सक्नेछन्।

हाल मोको डिजिटल वालेटमा १९ वटा बैंक तथा वित्तीय संस्थाको भिसा डेबिट तथा क्रेडिट कार्ड एड गरी विभिन्न भुक्तानी गर्न सकिनेछ। कम्पनीका अनुसार भिसा कार्ड प्रयोग गरी बिल भुक्तानी गर्ने यो नेपालकै पहिलो र एकमात्र भुक्तानी सेवा प्रदायक कम्पनी हो।

विशेष गरी क्रेडिट कार्डबाट बिजुली, खानेपानी, हवाई टिकट तथा इन्टरनेटको विल भुक्तानी गर्न मिल्ने भएकोले यसको प्रयोग बढ्दो छ। मोको डिसजिटल वालेट गुगल प्ले स्टोर र एप स्टोरमा उपलब्ध छ।

नेपालभर २२८ शाखाहरु, २०३ ए.टि.एम. साथै ५४ एक्सटेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत सेवा प्रवाह गरि प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस