पोखरा महानगर र ग्रीन डेभलपमेण्टबीच कर्जा प्रवाह सम्झौता

काठमाडाैं । पोखरा महानगरपालिका र ग्रीन डेभलपमेण्ट बैंकबीच स्वरोजगार कर्जा उपलब्ध गराउन सम्झौता भएको छ।

महानगरका मेयर धनराज आचार्य र ग्रीन डेभलपमेन्ट बैँकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथाकीबीच बिहीबार भएको कर्जा लगानी सम्झौता अनुसार बैंकले पोखरा महानगरपालिका वडा कार्यालयको सिफारिसमा महानगरपालिकामा बसोवास गर्ने लक्षित समुदायका व्यत्तिहरुmलाई बिना धितो व्यक्तिगत एवम् सामुहिक जमानीमा कर्जा प्रदान गरिने छ।

कर्जा २ लाख रुपैयाँसम्मको हुने महानगरले जनाएको छ। सहकार्यमा आधारित साझेदारी कार्यक्रम र युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत् कृषि, पशुजन्य, साना तथा सेवामूलक व्यवसायलाई दिइने कर्जाले आय आर्जनमा वृद्घि र जीविकोपार्जनलाई सहज बनाउने अपेक्षा महानगरको रहेको छ।

ग्रीन डेभलपमेन्ट बैँकका अनुसार कर्जाग्राहीले नियमित रुपमा किस्ता चुक्ता गरेपछि बुझाएको व्याजको ६० प्रतिशत रकम ऋणीलाई अनुदान स्वरुप फिर्ता दिइने छ।

मेयर आचार्यले बैंकबाट सर्वसुलभ रुपमा प्रदान गरिएको कर्जा लगानीले स्वरोजगार बन्न चाहने लक्षित समुदायका युवा तथा साना व्यवसायीहरुलाई सहयोग पुग्ने बताए। बैंकले यसअघि २०७७ सालदेखि रुपा गाउँपालिकाको युवा स्वरोजगार कार्यक्रमअन्र्तगत गाउँपालिकासँग संझौता गरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउदै आएको छ। ग्रीन डेभलपमेण्टको प्रधान कार्यालय पोखरामा रहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, …

प्रतिकृया दिनुहॊस