नबिल बैंकले गर्‍यो थप ३८ शाखा विस्तार, कुन प्रदेशमा कति ?

काठमाडाैं । नबिल बैंकले थप ३८ शाखा बिस्तार गरेको छ। नबिल बैंकले ७ प्रदेशमा थप ३८ शाखा बिस्तार गरेको हो । वित्तीय सेवा नपुगेका ठाँउमा थप ३८ शाखा बिस्तार गरेको बैंकले जनाएको छ ।

आफ्नो ३८ औं वर्ष पार गरेको बैंकले एकै साथ ३८ नयाँ शाखाको उद्घाटन गरेको हो । ‘नबिल बैंक अब तपाईसँग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा पैदान गर्न सातै प्रदेशमा शाखा विस्तार गरिएको जनाएको छ । बैंकले सबैभन्दा धेरै बागमती प्रदेशमा १३ शाखा विस्तार गरेको छ ।

कुन प्रदेशमा कति शाखा ?
नबिलले कोशी प्रदेशको दिक्तेल, सुदूरपश्चिम प्रदेशको अमरगढी र बोराडाँडी, कर्णाली प्रदेशको चन्दननाथ, गण्डकीको गल्कोट, आँबुखैरेनी, अर्चलबोटमा नयाँ शाखा विस्तार गरेको छ ।

लुम्बिनी प्रदेशको लुम्बिनी, तौलिहवा, रामग्राम, गुलरिया, फर्साटिकर, बाणगगङा, तम्घास, सुखानगर, भानुभक्त चोक न्युरोड, नारायणपुरमा नबिलले शाखा खोलेको छ ।

त्यसैगरी बागमती प्रदेशको प्रयास पोखरी, नरेफाँट, चापागाँउ, भेडासिङ, लाजिम्पाट, बनस्थली, मच्छेगाँउ,धादिङ बेसि,फर्पिङ, बल्खु, नैकाप, बौद्ध रामहीटि र ठिमीमा नबिल बैकले नयाँ शाखा विस्तार गरेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनआईसी एसिया बैंकद्वारा ‘विराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौँ । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको ‘विराट गोल्ड कप फुटबल’ लाई …

प्रतिकृया दिनुहॊस