रुदी ‘ए’ को व्यावसायिक उत्पादन एक महिनाभित्रै

काठमाडाैं । लमजुङ र कास्कीको सीमा भएर बग्ने रुदी खोलामा निर्माणाधीन ८.८ मेगावाटको रुदी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य सकिएको छ । आयोजनाको निर्माण सुरु गरेको साढे दुई वर्षमा सबै निर्माण कार्य सकिएको हो ।

आयोजनाको निर्माण कार्य सकिएपछि यसको परीक्षण थालिएको छ । आयोजनाका प्रोजेक्ट म्यानेजर सरोज भट्टराईका अनुसार असोज २० गते गतेबाट पानी राखेर परीक्षण थालिएको छ । विद्युत् गृहमा ४.४ मेगावाटका दुईवटा पेलटन टर्बाइन जडान गरिएका छन् । आयोजनाले सबै परीक्षण सकेर एक महिनापछि राष्ट्रिय प्रसारण लाइनमा विद्युत् पठाउने तयारी गरेको प्रोजेक्ट म्यानेजर भट्टराईले बताए ।

उनका अनुसार नेपाल विद्युत् प्राधिकरणसँगै व्यावसायिक विद्युत् उत्पादन मिति गत वर्षको असार तोकिएको थियो तर विभिन्न कारण एक वर्ष ढिला भएको हो । अबको एक महिनाभित्रै व्यावसायिक विद्युत् उत्पादन थालिने भट्टराईकाे भनाइ छ । त्यसअघिको १५ दिन दिन आयोजनाले नेपाल विद्युत् प्राधिकरणलाई परीक्षणको समय निःशुल्क विद्युत् दिनेछ ।

आयोजनाको सिभिलतर्फ हाई हिमालय हाइड्रो कन्सट्रक्सन प्रा.लि., हाइड्रोमेकानिकलतर्फ नर्थ हाइड्रो एण्ड इन्जिनियरिङ र इलेक्ट्रोमेकानिकलतर्फ तोसिबा प्लान्ट सिस्टम एण्ड सर्भिस कर्पोरेसनले निर्माण गरिरहेको छ ।
प्रवद्र्धक विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट प्रा.लि. निर्माण गरिरहेको सो आयोजनामा सानिमा बैङ्कको नेतृत्वमा अन्य बैङ्कले ७० प्रतिशत लगानी गरेका छन् । प्रवद्र्धकको ३० प्रतिशत लगानी रहेको छ ।

रुदी ‘ए’ जलविद्युत्को २०६९ माघ २८ गते पीपीए (विद्युत् खरिद बिक्री सम्झौता) भएको थियो । हिउँदको समय आठ रुपियाँ ४० पैसा र बर्खायाममा चार रुपियाँ ८० पैसामा पीपीए सम्झौता भएको छ । आयोजनाको एक अर्ब ५० करोड रुपियाँ लागत रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस