नेपालले कमजोर टोली चीनको सामना गर्दै

काठमाडाैं । मलेसियामा जारी आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को पाँचौ खेलमा नेपालले चीनसँग खेल्दैछ । नेपाली समय अनुसार खेल बिहान ७ : ४५ बजेबाट बायोमास ओभल क्रिकेट मैदानमा सुरू हुनेछ ।

जारी प्रतियोगिताकै सबैभन्दा बलियो टिम रहेको नेपाल २ खेल अगाडिनै छनोट भइसकेको छ । यस्तै दुई खेल अगाडिनै छनोटबाट बाहिरिसकेको चीन प्रतियोगिताकै सबैभन्दा कमजोर टोली हो । जारी प्रतियोगितामा सबै चार खेलमा जित निकालेको नेपाल ८ अंकसहित तालिकाको शिर्ष स्थानमा रहेको छ ।

पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा मलेसियालाई समान ८-८ विकेटले हराएको नेपालले तेस्रो खेलमा थाइल्यान्डलाई १ सय ४० र चौथो खेलमा भुटानलाई १ सय १७ रनको फराकिलो अन्तरले हराएको थियो । यता प्रतियोगिताको सबै भन्दा कमजोर टोली चीन ४ खेलमा ४ मा नै पराजित हुँदै अंक तालिकाको पुछारमा छ ।

चीनले थाइल्यान्ड र सिंगापुरसँग समान १०-१० विकेट तथा भुटानसँग ९ र म्यानमारसँग ८ विकेटले पराजित भएको हो । पुरुष क्रिकेटको इतिहासमा चीन र नेपाल पहिलो पटक भिड्न लागेका हुन् । महिला क्रिकेटमा भने चीन र नेपाल खेलिसकेका छन् । नेपालले आफ्नो अन्तिम खेल आगामी शुक्रबार सिंगापुरसँग खेल्नेछ ।

सिंगापुर पनि प्रतियोगितामा चारै खेल जितेर समान ८ अंकसहित दोस्रो स्थानमा छ । आजै सिंगापुरले भुटानको सामना गर्दैछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बहराइनसँग नेपाल पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनौटअन्तर्गत बहराइनसँग पराजित भएको छ । …

प्रतिकृया दिनुहॊस